back
CTIZAN AD

मोतियाविन्दु पहिचान भएका ८१ जनाको शल्यक्रिया

वि.सं.२०८१ पुस ५ शुक्रवार

708 

shares

सिरहा । जिल्लाको सुखीपुर नगरपालिकाका दुई स्थानमा सञ्चालित निःशुल्क आँखा शिविरबाट मोतियाविन्दुको पहिचान भएका ८१ जनाको सफल शल्यक्रिया गरिएको छ ।

सुखीपुर युवा सञ्जालले आयोजना गरेको निःशुल्क आँखा शिविरबाट पाँच सय ५० जना स्थानीय लाभान्वित भएकामा ८१ जनामा मोतियाविन्दु पहिचान भएको थियो ।

मोतियाविन्दु पहिचान भएका सबैको बिहीबार कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा सफल शल्यक्रिया गरिएको सञ्जालका सञ्चालक शिव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार गत मङ्सिर २९ गते सुखीपुर–२ स्थित सामुदायिक विद्यालयमा र मङ्सिर ३० गते सुखीपुर–१० दहिपौडीस्थित सामुदायिक विद्यालयको प्राङ्गणमा शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ, रामलाल गोल्छा आँखा अस्पताल विराटनगर र स्वास्थ्य ट्रस्ट फाउण्डेशन सिरहाका प्राविधिक तथा चिकित्सकले सेवा दिएका आयोजकले जनाएको छ ।

शिविरमा बिरामीलाई औषधि निःशुल्क वितरण गरिनुका साथै चस्मा आवश्यक पर्ने बिरामीलाई २० प्रतिशत छुटमा चिकित्सकको सल्लाह अनुसार उपलब्ध गराइएकोे सञ्जाल सञ्चालक शिव यादवले उल्लेख गरे । आगामी दिनमा पनि ग्रामीण क्षेत्रमा यस्ता शिविर सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

वि.सं.२०८१ पुस ५ शुक्रवार १९:०९ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...