back
CTIZAN AD

पानी चुहावट नियन्त्रण गर्न मन्त्री यादवद्वारा निर्देशन

वि.सं.२०८१ पुस ५ शुक्रवार

555 

shares

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् ।

काठमाडौँका विभिन्न स्थानमा पछिल्लो समय पानी चुहावट भएर खेर गइरहेको जानकारी प्राप्त भएपछि मन्त्री यादवले आज पानी चुहावट भइरहेका ठाउँमा तत्काल पाइप मर्मत गरी नियमित सेवा सञ्चालन गराउन सम्बन्धित निकायलाई निर्देशन दिए ।

मन्त्री यादवले भन्नुभयो, “काठमाडौँका कतिपय ठाउँमा पानी चुहावट भएर खेर गइरहेको जानकारी प्राप्त भएको छ, कतिपय ठाउँमा खानेपानीका पाइप फुटेर पनि पानी चुहावट भइरहेको जनगुनासो छ । पाइप फुटेर पानी खेर गइरहेकाले तत्काल समस्या समाधान गरी नागरिकलाई नियमित र स्वच्छ पानी वितरण गर्नुहोला ।”

मन्त्री यादवले खानेपानीका पाइप फुट्दा दिसापिसाब तथा किटाणुसहित फोहर मिसिएर अस्वस्थकर पानी आपूर्ति हुनसक्ने भएकाले त्यसतर्फ सचेत रही शुद्ध खानेपानी आपूर्ति गराउन निर्देशन दिए । उनले मेलम्चीको पानीलाई शुद्धीकरण गरेर काठमाडौँका नागरिकलाई स्वच्छ खानेपानी वितरण गर्नुपर्नेमा जोड दिए ।

काठमाडौँ उपत्यकामा पानी चुहावट भएको जनगुनासो आएपछि मन्त्री यादवले आजै काठमाडौँ उपत्यकाको ईन्द्रचौक, जनबहाल न्युरोड, अशनलगायत क्षेत्रमा स्थलगत अनुगमन गरेका थिए । अनुगमनका क्रममा उनले पानी वितरणका लागि बिछ्याइएका पाइप लाइनको काम यथाशीघ्र सम्पन्न गरी नागरिकलाई शुद्ध पानी वितरण गर्न पनि निर्देशन दिएका थिए ।

काठमाडौँ उपत्यकामा सहज रूपमा मेलम्चीको पानी वितरण गर्न अधिकांश स्थानमा खानेपानीका नयाँ पाइप बिछ्याउने काम भइरहेको छ ।

वि.सं.२०८१ पुस ५ शुक्रवार १९:०३ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...