back
CTIZAN AD

उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता

वि.सं.२०८१ पुस ५ शुक्रवार

426 

shares

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा आफ्ना कोरियाली समकक्षी इन्क्यो च्योङको निमन्त्रणामा उनी कोरिया भ्रमणमा थिए । भ्रमणका क्रममा नेपाल र दक्षिण कोरियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन ‘फ्रेमवर्क’ (टिआइपिएफ) सम्झौतामा हस्ताक्षर भएको थियो ।

मन्त्री भण्डारीले त्यहाँ रहँदा कोरियाका लगानीकर्ताहरुसँग छलफल गर्नाका साथै नेपालमा लगानी गर्न आग्रह गरेका थिए । साथै उनले कोरियामा नेपाली वस्तुको प्रवद्र्धनका लागि त्यहाँका चेम्बर पदाधिकारीसँग पनि विचारविमर्श गरेका थिए ।

यसैबीच, नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न बिहीबार नै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल र कोरिया इम्पोटर्स एसोसिएशनका अध्यक्ष बुवाङ कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

वि.सं.२०८१ पुस ५ शुक्रवार १८:५९ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...