back
CTIZAN AD

माओलाई किन सम्झिने

वि.सं.२०८१ पुस ११ बिहीवार

1.5K 

shares

माओत्सेतुंग सामान्य मानिस  थिएनन् तर उनी देवता होइनन् ।  माओ, नयाँ जनवादका  पिता र वैज्ञानिक समाजवादका मार्गदर्शक हुन । उनले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा पुराएकाे याेगदानसहित मार्ग निर्देशन, सङ्गठनको जीवन र  आन्तरिक प्रणालीका विषय तथा  अनुशासनका तीन नियम ,ध्यान दिनुपर्ने आठ कुराहरू र  काम सम्बन्धी सोह्र बुँदा लगायतमा  मानव सभ्यता विकसित गर्ने पाठहरू सिकाएका छन् ।

दर्शनका क्षेत्रमा

विपरीतहरूको एकता–सङ्घर्ष–रूपान्तरणको नियम
दुई एकमा संयोजन होइन, एक दुईमा विभाजन हुन्छ भन्ने  द्वन्द्ववादी नियमको विस्तार,
निरन्तर क्रान्तिको सिद्धान्त

राजनीतिक अर्थशास्त्रको क्षेत्रमा

दुई खुट्टामा टेकेर हिँड्ने अर्थनीति
‘राजनीतिलाई पक्र उत्पादन बढाऊ

वैज्ञानिक समाजवादको क्षेत्रमा
राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सही कुराको निर्धारण
नयाँ ढङ्गको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण
पुँजीवादी अड्डामाथि बम बर्साऊ
दीर्घकालीन जनयुद्धको सैन्य रणनीति
नयाँ जनवादी राज्यव्यवस्थाको मोडेल

सङ्गठनको जीवनमा

विद्रोह गर्नु जनताको अधिकार हो
सयौँ फूलहरू फुल्न देऊ
माक्र्सवाद लागू गर, संशोधनवाद होइन
खुला र स्पष्ट होऊ, छलछाम र षड्यन्त्र नगर
एकताबद्ध होऊ, नफुट

अनुशासनका तीन नियम

आफ्ना सबै कामकारबाही आदेश पालना गर ।
जनताबाट एउटा सियो र एक डोरो धागोसम्म पनि नलेऊ ।
जफत गरेका सबै चीज बुझाऊ

ध्यान दिनुपर्ने आठ कुराहरू

नम्रतासाथ बोल ।
किनेको चीजको उचित मोल तिर ।
पैँचो लिएको हरेक चीज फर्काऊ ।
बिगारे–भत्काएको हरेक चीजको मोल तिर ।
जनतालाई कुटपिट वा गाली–बेइज्जती नगर ।
बालीनाली नाश नगर ।
नारीहरूसँग उत्ताउलो व्यवहार नगर ।
बन्दीहरूप्रति दुव्र्यवहार नगर ।

काम सम्बन्धी सोह्र बुँदा

समझदार बन ।
केही सम्भावना देख ।
छालको गतिसरह अघि बढ ।
बढीभन्दा बढी प्रभावको लागि प्रयास गर ।
स्थितिको निरीक्षण गर्न कुशल बन ।
ठिक समयमा निर्णय गर ।
विचारलाई व्यक्त हुन देऊ ।
गतिरोधलाई तोड ।
यदि एक जना व्यक्ति पनि सत्यताको पक्षमा छ भने उसले बहुसङ्ख्यकलाई आफ्नो पक्षमा लिन सक्छ भन्ने कुरा मनन गर ।
समस्याहरूलाई ऐतिहासिक दृष्टिकोणले हेर ।
बुझ्न सकिने शैलीमा लेख, अर्धसाहित्यिक र अर्ध बोलचाल वा अर्धशास्त्रीय र अर्धआधुनिक शैलीमा नलेख, बुझ्न सकिने शैलीमा जवाफ देऊ र स्पष्टता अपनाऊ ।
तोकिएको कामप्रति जिम्मेवार बन ।
गलत चिन्तनबाट मुक्त होऊ ।
आलोचनासँग नडराऊ ।
सामूहिक नेतृत्व  कायम गर ।
विभिन्न विभागहरूका बिचमा सम्बन्ध चुस्त राख  ।

वि.सं.२०८१ पुस ११ बिहीवार १५:४८ मा प्रकाशित

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष  नियुक्त

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व स्वास्थ्य विज्ञ...

कृषि क्षेत्रको रूपान्तरण : समस्या, र राज्यको रणनीतिक दायित्व

कृषि क्षेत्रको रूपान्तरण : समस्या, र राज्यको रणनीतिक दायित्व

नेपाल सनातनी कालदेखि नै कृषिप्रधान मुलुकका रूपमा परिचित छ ।...