back
CTIZAN AD

एकता समाज सलता एरिया समितिको भेला सम्पन्न

वि.सं.२०७४ जेठ १३ शनिवार

990 

shares

मे २६ का दिन कतार नेपाली एकता समाज मातहत रहेको सलता एरिया समितिको भेला सम्पन्न भएको छ । भेलामा सलता एरिया अध्यक्ष तेजविर घर्ती मगरको आतिथ्यता रहेको थियो भने प्रमुख अतिथी एकता समाज केन्दि«य अध्यक्ष लुमाकान्त पुन मगरको आतिथ्य रहेको सो कार्यक्रममा अतिथी के.स.का सदस्य सत्यबहादुर पुन रहेका थिए । कार्यक्रमको सञ्चालन एरिया समितिका सचिव केशरबहादुर पुनले सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य एरियाका उपाध्यक्ष सालिकराम पुनले हलमा उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो ।

उक्त भेलाले नयाँ कार्यसमितिमा चयन हुनु भएका पदाधिकारीहरु निम्न रहेका छन् अध्यक्ष, शालिकरामपुन, उपाध्यक्ष, मिनबहादुर वि.क, सचिव केशर बहादुर पुन मगर, कोषाध्यक्ष, बोम बहादुर बुढा, सदस्य दिलबहादुर वि.क, मुक्तबहादुर घर्ती इन्द« बहादुर लिम्बु, तेज बहादुर घर्ती, हरिलाल चौधरी, सल्लाहकार केशर पुन, तेजविर घर्ती, मिनराज पुन, रिक्तदुइ स्थान सहित १४ सदस्यीय चयन गरिएको छ ।  कार्यक्रमका प्रमुख अतिथी लुमाकान्त पुन मगरले निर्वाचित सबै पदाधिकारी लगायत  सम्पुर्णलाई शुभकामना दिनुभएको थियो ।

कार्यक्रमका अध्यक्ष तेजविर भर्तीले कार्यक्रम सौहाद«पुर्ण वातावरणमा सम्पन्न भएको घोषणा गर्नुभएको थियो ।

वि.सं.२०७४ जेठ १३ शनिवार ०७:५८ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...