back
CTIZAN AD

अमेरिका र क्यानडाको सांगितीक भ्रमणमा राजेशपायल राई

वि.सं.२०८१ पुस १२ शुक्रवार

3K 

shares

काठमाडौं । लोकप्रिय गायक राजेशपायल राई पुनः अमेरिका र क्यानडाको सांगीतिक भ्रमणमा निस्केका छन् । यसैक्रममा उनी बुधबार अमेरिकाको न्यूयोर्क पुगेका छन् ।

नेपाली कलाकार संघ, अमेरिकाको आयोजना हुने सांगीतिक कार्यक्रमका लागि उनी त्यहाँ पुगेका हुन् । ‘राई ईज किङ’का रुपमा चर्चित राजेश पायललाई न्यूयोर्कमा नेपाली कलाकार संघ, अमेरिकाकी अध्यक्ष बसन्ती राई लगायतले भव्य स्वागत गरेका थिए ।

यही डिसेम्बर २८ तारिख (शनिबार) ‘रमझम साँझ–२०२४’ कार्यक्रममा राजेशपायलले दमदार प्रस्तुती दिँदैछन् । ‘स्टेज किङ’का रुपमा समेत चिनिएका राजेशपायलसँगै उक्त कार्यक्रममा अन्य विभिन्न चर्चित कलाकारहरुको पनि प्रस्तुती रहने संघकी अध्यक्ष राईले जानकारी दिइन् ।

कार्यक्रमका लागि सम्पूर्ण तयारी भइसकेको बताउँदै उनले भनिन्, ‘कार्यक्रमलाई भव्य र सभ्य बनाउन कुनै कन्जुस्याई गरिने छैन । आशा, अवश्य कार्यक्रम भव्य हुनेछ ।’ कार्यक्रम न्युयोर्कस्थित गुल्सन टेरेस हलमा हुनेछ ।

‘राई इज किङ’का लागि अमेरिका, युके, क्यानडा जस्ता देशहरु पानी पधेँरो जस्तै भएको छ । गायक राजेशपायलको अमेरिका भ्रमण यो ३२ औं पटक हो । अमेरिकाको प्रत्येक सांगीतिक भ्रमणमा राजेशपायलले तहल्का मच्चाउँदै आएका छन् ।

यसपटक पनि आफ्नो सांगीतिक धमाका रहने उनले बताएका छन् । ‘रमझम साँझलाई झमझम बनाउन करिब मेरा तीन दर्जन गाउँदैछु’ राजेशपायलले ण्भने, ‘जसमा मेरो नयाँ तथा पुराना लोकप्रिय (दर्शकले रुचाएका) गीतहरु हुनेछ ।’

न्यूयोर्कमा रमझम गराएपछि राजेशपायल न्यूयोर्कबाटै क्या
नडा उड्ने छन् । क्यानडाको विभिन्न सात स्थानमा कन्सर्ट सकेर पुनः न्यूयोर्क आउने उनको तालिका छ । र, न्यूयोर्कको डल्लासमा सांगीतिक प्रस्तुती दिएपछि उनी जर्मनी जानेछन् । ‘जर्मनीमा कार्यक्रम तय भइसकेको छ’ उनले भने, ‘जर्मनीको कार्यक्रम सकेपछि नेपाल फर्कनेछु ।’

नेपाली सांगीतिक यी ‘मेगास्टार’को नेपालमा पनि टाइट सेड्युअल रहेको छ । स्वदेशमा भन्दा विदेशमा बढी व्यस्त रहँदै आएका राजेशपायलको समय पर्खने प्रसस्त आयोजकहरु छन् । त्यसैले नेपाल आउनेवित्तिकै उनी कार्यक्रम र रेकर्डिङमा व्यस्त हुने गरेका छन् । राजेशपायल करिब एक वर्षयता सांगीतिक वल्ड टुरमा छन् ।

वि.सं.२०८१ पुस १२ शुक्रवार २१:३२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...