back
CTIZAN AD

मुक्तक

वि.सं.२०८१ पुस १३ शनिवार

3.5K 

shares

निर्मल रमण पराजुलि, सामाखुशि, काठमाडौं

१.
कालो रात हट्न जसरी, त्यो उज्यालो रवि चाहिन्छ
विचारको शक्तिले संसार बदल्न, यहाँ त्यस्तो कवि चाहिन्छ
छन समाजमा धेरै छन, कुरिति कुसंस्कार र कुविचारहरु
बदल्नुछ यो समाज भने, मान्छेमा स्वच्छ छवि चाहिन्छ ।

२.
कहिलेकाहीँ नसोँचेकै, चोट पर्छ जिन्दगीमा
आफ्नै मान्छे दुस्मन बनी, घात गर्छ जिन्दगीमा
हाँसो खुसीसँगै जीवन, बित्ला भन्ने सोँच्दै गर्दा
छातीमाथी बज्र परि, आँसु झर्छ जिन्दगीमा ।

३.
मान्छेले मान्छेलाई विभेद गर्छ, जातको बिल्ला भिराएर
आफ्नो जातलाई उच्च ठान्छ, अर्काको जात गिराएर
एक्काइसौँ शताब्दीमा पनि, छुवाछुत मै अल्झिरा’छौं
कहिले बनला सुन्दर समाज ?, यसैगरी बाटो बिराएर ।

४.
बुढेसकालमा पाल्छ भन्दै, छोरा पाउँदा मख्ख पथ्र्यौ
छोरीभन्दा त्यो छोरालाई, कति धेरै प्यारो गथ्र्यौ
अहिले छोराले भोकै पार्दा, छोरीले पो पालेकी छे
छोरीको गर्भ तुहाएको भए, आज खान नपाई मथ्र्यौ ।

५.
अचेल मेरा सन्तान किन, यति अबुझ बन्न थाले
हिमाल पहाड तराई छुट्याइ , तेरो मेरो भन्न थाले
सिङ्गो देशको कुरै छैन , वर्ग जातको पछि लाग्दै
सदभाव बोक्ने छातीभित्र , साँच्चै खाडल खन्न थाले ।

 

 

वि.सं.२०८१ पुस १३ शनिवार ०५:२० मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...