back
CTIZAN AD

मुक्तक

वि.सं.२०८१ पुस १३ शनिवार

3.3K 

shares

गणेश लोहनी,चितवन, हाल काठमाण्डौ


दलका लागि व्यापारीले थैली फुका’छन् भन्दैछन्
स्विजल्र्याण्डमा ककस्ले के के लुका’छन् भन्दैछन्
देख्या नदेख्यै सुन्या नसुन्यै गर्नुमै कल्याण छ आफ्नो
भियतनाममा नेपालीले बिस्कुन सुका’छन् भन्दैछन् ।


जगेर्ना गर्न योग्य चौतारी उखेलेर फालिदिन्छन्
परमपूज्यका शालिक बलजफती ढालिदिन्छन्
इमान स्वाभिमानका बैरी स्वनामधन्य मान्छेहरू
मानसम्मानका योग्यलाई मनपरि गाली दिन्छन् ।


अनेक निहूँमा सुसम्बन्ध फोर्दै फोर्दै हिँड्छन्
युद्ध भड्काउने अगुल्टा जोर्दै जोर्दै हिँड्छन्
निर्धा निमुखा शान्ति पाठ गरी रहौं मरी रहौं
महाशक्ति बारुदमा सलाई कोर्दै हिँड्छन् ।


गुणकारी खाद्य बस्तु ढुटो भन्छौ फाल्छौ
श्रीखण्ड नै दिँदा पनि ठुटो भन्छौ फाल्छौ
आकाश थाम्ने हुटिट्याउँ तिम्रो इष्र्या गर्छ
बटबृक्ष तुल्याउँदा’नि बुटो भन्छौ फाल्छौ ।


आफ्नो इच्छा पूरा गर्न अरूलाई मार्नेहरू
बेकसुरलाई जबर्जस्ती भुँवरीमा पार्नेहरू
माया मान सम्मान बास कता पाउलान् खै
पैत्रिक बस्ती उजाडेर विदेशमा सार्नेहरू ।

 

वि.सं.२०८१ पुस १३ शनिवार ०५:२१ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...