back
CTIZAN AD

राष्ट्रिय जीवन वीमा कम्पनीको सञ्चालक समिति सदस्यमा राजनविक्रम थापा

वि.सं.२०८१ पुस १४ आइतवार

867 

shares

काठमाडौँ । राष्ट्रिय जीवन वीमा कम्पनी लिमिटेडको सञ्चालक समिति सदस्यमा राजनविक्रम थापा चयन भएका छन् । थापा गोरखा नगरपालिका ३ नारेश्वर(गोनपा ५ सतिपिपल)का हुन् ।

नेपाल राष्ट्र वैंकका निर्देशक थापा राष्ट्र वैंकको प्रतिनित्व गर्दै सञ्चालक समिति सदस्यमा चयन भएका हुन् । राष्ट्रिय वीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अर्थमन्त्रालयका सहसचिव महेश बराल छन् । बराल यसअघि जिल्ला विकास समिति गोरखाका स्थानीय विकास अधिकारी थिए ।

थापाले सञ्चालक समितिको सदस्य पद सम्हाल्दै नीतिगत तहमा आफ्नो ज्ञान अनुभव र क्षमताले यथासक्य योगदान गर्ने बताए ।

उनले देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्न, विदेशी मुद्राको व्यायभार रोक्न तथा दक्ष व्यवसायिक बीमा कम्पनी स्थापना गर्ने उद्देश्यले स्थापित कम्पनीको नीतिगत तहमा आफ्नो ज्ञान, अनुभव र क्षमताले केही योगदान गर्न सकेमा आफूलाई भाग्यशाली ठान्न बताए ।

विक्रम संवत् २०२४ सालमा राष्ट्रिय वीमा संस्थान स्थापना भएको थियो । राष्ट्रिय वीमा संस्थानको ऐन २०२७ बनेको थियो । सोही ऐनअनुसार २०२९ सालदेखि संस्थानअन्तर्गत राष्ट्रिय जीवन वीमा समिति बनेको थियो ।

वि.सं.२०८१ पुस १४ आइतवार १०:११ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...