back
CTIZAN AD

नगरपालिकाको चार टोलमा आयातित पेयपदार्थमा प्रतिबन्ध

वि.सं.२०८१ पुस २५ बिहीवार

792 

shares

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित चारवटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातित पेयपदार्थले आर्थिक, परम्परागत संस्कृति र स्वास्थ्यमा समेत प्रतिकूल असर पु¥याएको भन्दै गैरी फुलेली, कुसुङ्खा, उर्लेनी र छापगाउँका स्थानीवासीले बिहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया तथा विभिन्न चाडपर्व र मेलापातमा यसअघि सेवन गरिँदै आइएको आयातित पेयपदार्थ सेवनमा पूर्ण रूपले प्रतिबन्ध लगाएका हुन् ।

बाहिरी जिल्लाबाट आयातित पेयपदार्थ सेवनले आर्थिक, सांस्कृति तथा मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गरेकाले पूर्ण रूपमा प्रतिबन्ध लगाइएको सामाजिक अभियान्ता अरुण राईले जानकारी दिए । “हाम्रो गाउँमा बिहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया, सांस्कृतिक चाडपर्व, मेलापातलगायत आयातीत पेयपदार्थ सेवन गर्ने चलन थियो । एउटा घरमा हुने कार्जेमा आयातित पेयपदार्थ प्रयोग गरेपछि अर्को घरले पनि प्रयोग गर्नैपर्ने बाध्यता सिर्जना भएको थियो । यसलाई रोक्न प्रतिबन्ध लगाइएको हो”, उनले भने ।

गैरी फुलेलीमा गत असोज २९ गते स्थानीय सुशीला राईको विवाहदेखि आयातित पेयपदार्थ सेवनमा पूर्ण रूपले प्रतिबन्ध लगाइएको स्थानीयवासीले बताएका छन् । २८ परिवार रहेको गैरी फुलेलीमा स्थानीय फुलेली सेवा समाजको पहलमा गत असोज १६ गते भएको भेलाको निर्णयले गाउँमा हुने काजभोज तथा मेलापातमा आयातित पेयपदार्थ सेवनमा पूर्ण प्रतिबन्ध लगाएको हो ।

कुसुङ्खाका स्थानीयवासीले भने गत वर्षदेखि नै पेयपदार्थ आयात तथा सेवनमा प्रतिबन्ध लगाएका थिए । बुइपाको एउटा गाउँबाट सुरु गरिएको यस अभियान क्रमशः अर्को टोल तथा गाउँमा विस्तार हुँदै जानु सकारात्मक भएको स्थानीय डार्विन चाम्लिङको भनाइ छ ।

आयातित पेयपदार्थ प्रतिबन्ध लगाइएका गाउँ तथा टोलहरूमा हुने काजकिरिया तथा चाडपर्वमा परम्परागत रूपमा प्रयोग हुँदै आएको सगुन (स्थानीयस्तरमा उत्पादन हुने जाँड, रक्सी र चिया) प्रयोग गर्ने गरिएको स्थानीयवासीले बताएका छन् । गाउँमा हुने बिहे तथा मेलापातमा यसअघि ड्यू, कोक, जुसका साथै मादक पदार्थका रूपमा सेवन गरिने विभिन्न कम्पनीका रम, बियरलगायत पेयपदार्थ प्रयोग गर्दा स्वास्थ्यका साथै यस्तो गर्नेहरूले ठूलो आर्थिक नोक्सानी हुने गरेको थियो ।

आयातित पेयपदार्थ सेवनमा प्रतिबन्ध लगाउने स्थानीयवासीको निर्णयलाई वडा कार्यालयको समेत सहयोग र समर्थन रहेको बुइपाका वडाध्यक्ष दिनेश राईले बताए । “स्थानीय अगुवा युवाहरूले स्वतःस्फूर्त रूपमा आयातित पेयपदार्थ सेवन नगर्ने निर्णय गरेका छन् । यसले परम्परागत संस्कार, आर्थिक, जनजीविका, स्वास्थ्यलगायत विषयमा समेत टेवा पु¥याएको छ”, उनले भने, “स्थानीयले अभियानका रूपमा सुरुआत गरेको यो अभियान प्रभावकारी देखिएको छ । अबको केही दिनभित्र सर्वपक्षीय भेला आयोजना गरेर वडामा नै पूर्ण रूपमा प्रतिबन्ध लगाउने योजना अघि सार्छौं ।”रासस

वि.सं.२०८१ पुस २५ बिहीवार ०९:५३ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...