back
CTIZAN AD

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पहिलो महाभियोग सुनुवाइमा उपस्थित नहुने

वि.सं.२०८१ पुस २८ आइतवार

621 

shares

सियोल । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल सुरक्षा चिन्ताका कारण आगामी साता हुने उनको महाभियोग मुद्दाको पहिलो सुनुवाइमा उपस्थित नहुने उनका वकिलले आइतबार बताएका छन् ।

गत महिना मार्सल लको अल्पकालीन घोषणाले देशलाई राजनीतिक अराजकतामा डुबाएपछि निलम्बन र महाभियोग लागेपछि युन राष्ट्रपति निवासमा एलिट सुरक्षा बलको सुरक्षामा बसिरहेका छन् ।

उनले अभियोजक र अनुसन्धानकर्ताहरूलाई भेट्न अस्वीकार गरेका छन् र उनको प्रेसिडेन्सियल गार्ड युनिटले यस महिनाको सुरुमा तनावपूर्ण, लामो गतिरोधपछि उनलाई पक्राउ गर्ने प्रयासलाई विफल पारेको थियो ।

संवैधानिक अदालतले जनवरी १४ देखि फेब्रुअरी ४ सम्मका पाँचवटा सुनुवाइको मिति तय गरेको छ । ती सुनुवाइमा उनी उपस्थित नभए भने उनको अनुपस्थितिमा सुनुवाइ अगाडि बढ्नेछ ।

“सुरक्षा र सम्भावित घटनाहरूका बारेमा चिन्ता उत्पन्न भएको छ । तसर्थ राष्ट्रपति जनवरी १४ मा सुनुवाइमा उपस्थित हुन सक्नुहुन्न”, वकिल युन कब–केउनले एएफपीलाई पठाएको विज्ञप्तिमा भने, “सुरक्षा मुद्दाहरू समाधान भएपछि राष्ट्रपति कुनै पनि समयमा उपस्थित हुन तयार हुनुहुन्छ ।”

अदालतले उनको महाभियोग कायम राख्ने वा उनलाई कार्यालयमा पुनस्र्थापित गर्ने निर्णय गर्नेछ ।

छुट्टै, उनको असफल सैन्य शासन घोषणासँग सम्बन्धित विद्रोहको आरोपमा युनसँग सोधपुछ गर्न खोज्ने अनुसन्धानकर्ताहरूले अर्को गिरफ्तारी प्रयासको तयारी गरिरहेका छन् ।

उनका वकिलहरूले प्रारम्भिक सात दिने वारेन्ट र यो साता प्राप्त नयाँ वारेन्ट दुवै ‘गैरकानूनी’ भएको बारम्बार बताएका छन् ।

अनुसन्धानकर्ताहरूले नयाँ वारेन्टको अवधि गोप्य राखेका छन् । स्थानीय मिडिया रिपोर्टहरूले यो अघिल्लो सात दिन भन्दा लामो रहेको जनाएका छन् ।

उच्च सतर्कता

सङ्कट सुरु भएयता युनका पक्ष र विपक्षका प्रदर्शनकारीहरू दक्षिण कोरियाली राजधानीमा लगभग दैनिक जम्मा हुने गरेका छन् ।

युनको महाभियोगलाई अवैध घोषणा गर्न वा उनलाई तुरुन्तै हिरासतमा राख्न आह्वान गर्दै आइतबार युनको निवास बाहिर र सियोलको सडकमा थप प्रदर्शनको योजना बनाएका छन् ।

राष्ट्रपतिको कानूनी टोलीले उनका सुरक्षाकर्मीहरू ‘उच्च सतर्कता’ मा रहेको बताएको छ ।

अनुसन्धानकर्ताहरूले उनलाई हिरासतमा लिन सकेमा युन पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बन्नेछन् । दोषी ठहर भए उनलाई जेल वा मृत्युदण्डसम्म हुनसक्छ ।

भ्रष्टाचार अनुसन्धान कार्यालय (सिआइओ) का अधिकारीहरू र प्रहरीको टोलीले अर्को प्रयासको योजना बनाइरहेका छन् । यो उनीहरूका अनुसार अन्तिम हुनसक्छ ।

सिआइओले कसैले पनि उनीहरूको प्रयासमा बाधा पु¥याएमा उनीहरूलाई पनि हिरासतमा लिन सकिने बताएको छ र प्रहरीले शुक्रबार नयाँ प्रयासको योजना बनाउन वरिष्ठ कमान्डरहरूको बैठक गरेको बताइएको छ ।

पूर्व राष्ट्रपति सुरक्षा सेवा (पिएसएस) प्रमुख पार्क चोङ–जुनले पत्रकारहरूलाई कुनै पनि दोस्रो गिरफ्तारी प्रयासमा कुनै रक्तपात नहुनुपर्ने बताए । पार्कले शुक्रबार राजीनामा दिएर स्वतः अझ कट्टर युन समर्थक द्वारा प्रतिस्थापित भएका छन् ।

उनले दुई दिनको सोधपुछको सामना गरे र आफ्नो राजीनामाको कारण बताएनन् । “म अधिकारीहरूको अनुसन्धानमा सकेसम्म लगनशील भई सहयोग गर्दैछु”, उनले शनिबार पत्रकारहरूलाई भने ।

उनको प्रतिस्थापन, कार्यवाहक पिएसएस प्रमुख किम सेओङ–हुनले युनको सुरक्षा गर्नुपर्ने भन्दै शनिबार तेस्रो समनमा उपस्थित हुन अस्वीकार गरे । यसले उनलाई सम्भावित गिरफ्तारीको जोखिममा पारेको छ ।

सेवाको सुरक्षा र संरक्षण विभागका प्रमुख ली जिन–हालाई शनिबार सोधपुछ गरिएको थियो ।

प्रहरीको एक एकाइ नेशनल अफिस अफ इन्भेस्टिगेसनले सियोलका उच्च पदस्थ प्रहरी अधिकारीहरूलाई एउटा नोट पठाएर नयाँ प्रयासका लागि एक हजार अनुसन्धानकर्तालाई परिचालन गर्न तयार हुन अनुरोध गरेको योन्हाप समाचार एजेन्सीले जनाएको छ ।

सङ्कट बढ्दै जाँदा युनको सत्तारुढ पार्टीले समर्थनमा वृद्धि देखेको छ । शुक्रबार प्रकाशित ग्यालप सर्वेक्षणले पिपल्स पावर पार्टीको स्वीकृति मूल्याङ्कन तीन हप्ता अघिको २४ प्रतिशतबाट बढेर ३४ प्रतिशत पुगेको देखाएको छ । एएफपी

 

वि.सं.२०८१ पुस २८ आइतवार १५:२४ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...