back
CTIZAN AD

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

वि.सं.२०८१ पुस २८ आइतवार

2K 

shares

नर्बे । नर्वेमा रहेका मगर समुदायको आयोजनामा मगर समुदायको मुख्यपर्व माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा विशेष सांस्कृतिक साँझ २०२५ को आयोजना हुने भएको छ ।

जनवरी १९ को दिन माघे संक्रान्ति पर्वको साथमा विविध सांस्कृतिक कार्यक्रम गरी मनाउने सम्पूर्ण तयारी पूरा भएको समाजका अध्यक्ष दीपक भूजेलले जानकारी दिएका छन् ।

उक्त कार्यक्रम माघ महीनाको ६ गते अर्थात् यही आउँदो जनवरी १९ तारिख आईतबारको दिन हुने भएको हो ।

नेपाली कला संस्कृतिको संरक्षण गर्ने उद्वेश्यले स्थापित संघले बिबिध सांस्कृतिक कार्यक्रमसहित स्थानीय चर्चित कलाकारहरूको पनि बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा समाजले माघी पर्वको महत्व र मगर समुदायहरूको विशेष पहिचान अनि महत्व सहित नेपालीपन र परम्परा झल्काउनको लागि उक्त कार्यक्रमको मुख्य उद्वेश्य रहेको आयोजक कमिटीले जनाएको छ ।
समाजले नर्बेस्थित एनआरएन लगायत विभिन्न संघसंस्था तथा नेपालीहरूलाई उक्त कार्यक्रममा उपस्थित हुन अनुरोध गरेको छ ।

उक्त कार्यक्रममा निःशुल्क प्रवेशका साथै नेपाली परिकारहरुको स्वाद लिन पाइने छ। साथै स्थानीय चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिने भएका छन् ।

‘नेपाली कला संस्कृति, भेषभुषा र परम्पराको संरक्षण’ भन्ने नारा सहित कार्यक्रम आयोजना गर्न लागेको यस संस्था नर्बेमा स्थापित वैधानिक संस्था हो ।

वि.सं.२०८१ पुस २८ आइतवार १५:११ मा प्रकाशित

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...