back

बलिउड अभिनेता खान छुरा प्रहारबाट घाइते

वि.सं.२०८१ माघ ३ बिहीवार

321 

shares
GLOBAL IME AD
NTC AD

मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार हुँदा उनी सख्त घाइते भएका छन् । उनलाई धारिलो हतियारले आक्रमण हुँदा छ ठाउँमा चोट लागेको उहाँको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

अस्पतालले उनलाई लागेको चोटमध्ये दुई वटा गहिरो भएको र एउटा उनको मेरुदण्डनजिकै रहेको जनाएको छ ।

खानको बान्द्रास्थित ‘सतगुरु शरण’ भवनको १२ औँ तलामा रहेको निवासमा बिहान करिब २ः४५ बजेतिर एक घुसपैठिया र घरमा काम गर्ने एक महिलाबीच मुठभेड भएपछि छुट्टयाउने क्रममा चोट लागेको बताइएको छ । घटना बिहान करिब २ः४५ बजेतिर भएको थियो ।

बलिउड अभिनेता खानको उपचारमा संलग्न लिलावती अस्पतालको चिकित्सकको टोलीले एक विज्ञप्ति जारी गर्दै उनको अवस्था खतरामुक्त रहेको र अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “बलिउड अभिनेता सैफ अली खानको शल्यक्रिया सफल भएको छ । उहाँको स्वास्थ्यको प्रगतिको निगरानी उपचारमा संलग्न चिकित्सकहरूले गरिरहेका छन् ।”

उनको परिवारका सबै सदस्य सुरक्षित रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

अभिनेता खानमाथि भएको आक्रमणको अनुसन्धान टोलीमा रहेका मुम्बई प्रहरीको ‘डीसीपी जोन ९’ दिक्षित गेदामले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

उनले भने, “घटनाबारे अनुसन्धान भइरहेको छ । अनुसन्धान भइरहेकोले घटनाबारे अहिले नै विस्तृत विवरण प्राप्त भइसकेको छैन । अनुसन्धानपछि सबै खुल्नेछ ।”

लीलावती अस्पतालका चिफ अपरेटिङ अफिसर (सीओओ) डा. निरज उत्तमानीका अनुसार खानलाई बिहीबार बिहान ३ बजे अस्पताल ल्याइएको थियो ।
एएएनआई

वि.सं.२०८१ माघ ३ बिहीवार १६:१४ मा प्रकाशित

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

काठमाडौं । युक्रेनी सेनाको कब्जामा परेका दुई नेपालीको सकुशल उद्धार...

चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबिच किसान लक्षित कर्जा सम्बन्धी समझदारी

चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबिच किसान लक्षित कर्जा सम्बन्धी समझदारी

काठमाडौँ । माननीय कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको प्रथम राष्ट्रिय...

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

काठमाडौँ । महिला टी-ट्वान्टी श्रृङ्खलाको थाइल्याण्डले जितेको छ । अन्तिम...

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज...

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश...

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा...