back
CTIZAN AD

सिरक डसना बनाएर मनग्य आम्दानी गर्दै भारतिय नागरिक लतिफ

वि.सं.२०८१ माघ ६ आइतवार

852 

shares

बेलबारी (मोरङ) । जिल्लाको बेलबारी नगरपालिका लक्ष्मीमार्गमा भेटिएका मोहम्मद लतिफले तीनदेखि घुम्ती सेवाका रूपमा सिरक डसना बनाउँदै बस्तीबस्तीमा हिँडिरहेका छन् । वर्षौँदेखि जाडो याममा यसरी घरघरमा सिरक डसना बनाउने पेसा गर्दै आएका उनले सिजनमा दैनिक रु एक हजार छ सयसम्म आम्दानी हुने गरेको बताए ।

भारतको फारबिसगञ्ज घर भएका लतिफले ५० वर्षदेखि नेपालका विभिन्न भेगमा गएर सिरक डसना बनाउने गरेको बताए । असी वर्षीय उनले भने, “नेपालमा काम गर्न सके मनग्य आम्दानी छ, यहाँको कमाइले भारतमा परिवार चलिरहेको छ ।”

सुरुआती समयमा एउटा सिरक बनाएको रु पाँच थियो । अहिले बढेर रु आठ सय पुगेको लतिफले जानकारी दिए । उनले भने, “दैनिक कम्तीमा दुईवटा सिरक बनाउन भ्याउँछु । घरेलु सामग्री (धुनिया) बाट रुवा फिटेर सिरक डसना बनाउने पर्ने भएकाले समय पनि बढी लाग्छ ।”

घरेलु सामग्री (धुनिया) बाट रुवा फिट्दै आएका मजदुर अचेल सुतीका कपडाको रुवा बनाउने उपकरण र ट्याक्टरसँगै लिएर हिँड्न थालेकाले पुराना कपडा खेर नजाने बेलबारी–११ की सीता खतिवडाले बताइन् । “आजभोलि पुराना सुतीका कपडा खेर जाँदैनन्, घरघरमा सिरक डसना बनाउने व्यक्ति आएर सबै पेलेर रुवा बनाइदिन्छन्”, उनले भनिन् ।

तीनदेखि पाँच जनाको समूहमा उनीहरूले काम गर्छन् । ट्र्याक्टरमा सुतीका पुराना कपडा फिटेर रुवा बनाउने उपकरण लिएर हिँड्ने उनीहरूको समूहले दैनिक रु १० हजारभन्दा बढी कमाइ गर्दै आइरहेको लतिफले जानकारी दिए । पछिल्लो समय तयारी अवस्थाका फाइबरका सिरक, डसनालगायत सामग्रीको प्रयोग बढिरहेकाले व्यापार सोचे जस्तो नभएको उनले बताए । रासस

वि.सं.२०८१ माघ ६ आइतवार १२:४२ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...