back
CTIZAN AD

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

वि.सं.२०८१ माघ ७ सोमवार

2.3K 

shares

अमेरिका । न्यूयोर्कको ज्याक्सन हाईटमा मुगाल (मुगोम) समुदायको र मुगु जिल्लाको प्रथम चलचित्र सीमान्तकृत मुगाल(मुगोम) समुदाय र निर्देशक टोमाले निर्देशन गरेको दोस्रो चलचित्र ‘फेके’ (मातृभाषा) भव्य प्रर्दशन भएको छ ।

जनवरी ११ शनिबारका दिन प्रदर्शन गरिएको उक्त चलचित्र हेर्नका लागि न्यूयोर्कमा बसोबास गर्ने विभिन्न क्षेत्र, पेशा तथा व्यवसायमा संलग्न विशेष व्यक्तित्वहरुको उपस्थित् भएका थिए ।

उपस्थित् दर्शकहरुले चलचित्र ‘फेके’ हेरीसकेपछि सबैले खुलेर तारिफ गर्नुका साथै यस्ता सन्देशमुलक चलचित्रहरु आगामी दिनहरुमा पनि आउनु पर्ने प्रतिक्रिया दिएका थिए ।

निर्देशक टोमा लामा कर्णाली क्षेत्रको पहिलो महिला चलचित्र निर्देशक पनि हुन् । ‘फेके’ चलचित्र विकास बोर्डबाट २०१७ मा सम्मानित चलचित्र समेत हो । फेके चलचित्र नेपाल आदिवासी चलचित्र फेस्टिवल न्युर्योक २०१७ मा उत्कृष्ट छोटो चलचित्र मनोनयन भएको थियो । साथै नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०१७ मा पनि प्रदर्शन भई सम्मानित भएको हो । निर्देशक टोमा लामा र चलचित्रको मुख्य भुमिकामा रहेका लामाका बाबा आङग्याल लामाले अमेरिकाको न्यूयोर्कमा आयोजना गरेको नेपाल आदिवासी चलचित्र महोत्सव न्युयोर्क २०१७ मा पनि चलचित्र ‘फेके’ को निर्देशक र नायकको हिसाबले उपस्थित् भई भाग लिएका थिए ।

‘फेके’ चलचित्रको प्रतिनिधित्व गर्दै छोरी टोमा निर्देशक रुपमा र बाबा आङग्याल नायक रुपमा नेपालबाट सो न्यूयोर्क फेस्टीबलमा उपस्थित् भई भाग लिने एक मात्र नेपाली थिए । संभवतः संसारमा विरलै होला चलचित्रमा छोरी निर्देशक र बाबा नायक भई बनेको चलचित्र ।

त्यस्तै राष्ट्रिय अन्तर्राष्ट्रिय फिल्म फेस्टीबलहरुमा प्रर्दशन भइसकेको फेके चलचित्र सत्य घटनामा आधारित सीमान्तकृत मुगाल समुदायको एकजना व्यक्तिले आफ्नो मुगाल मातृभाषाको संरक्षण र संवद्र्धन, विकास तथा प्रचार प्रसार र सुचनाको हकको लागि राज्यसंग गरेको संघर्षको नालीबेली र लामो संघर्षपछि उसले प्राप्त गरेको सफलताको कथा नै चलचित्र “फेके” को मुख्य विषयवस्तु हो ।

मुगाल समुदायको मात्र नभई विश्वका हरेक आदिवासी तथा मातृभाषा बोल्ने समुदायहरुको प्रतिनिधिको रुपमा यस चलचित्रको कथाले उठान गरेको छ । आङग्याल लामा मुख्य भुमिका रहेको चलचित्रमा अन्य कलाकारहरु गोविन्द प्रभात, मनोज कुमार भेटवाल, गंगा लिम्बु, राजु मोरे र दोर्जे मोक्तान र खेन्पो पेमा ग्याछो डावा ख्यूङकार, आचार्य ङवाङ लादाकी, फुर्बा तेन्जिङ शेर्पा, दावा शेर्पा, नोर्वु गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ, निर्देशक टोमा लामा स्वयंको पनि अभिनय रहेको छ ।

चलचित्र हेर्नका लागि युनाइटेड शेर्पा एसोसियसन यु.एस.ए इंक का अध्यक्ष तेम्बा शेर्पा र पूर्व अध्यक्ष उर्गेन शेर्पा,तत्कालिन नेपाल सरकार, न्यूयोर्कका लागि नेपालको पर्यटन सद्भावना दूत तथा अमेरिकाको लोकप्रिय समाजसेवी केशव राम राई, हेलो अमेरिकाको चर्चित प्रस्तोता सुमन थाम्सुहाङ लिम्बू, वरिष्ठ चलचित्र निर्देशक किशोर सुब्बा, नायिका यन्सरी तमु, अल्पसंख्यक सशक्तिकरण नेटवर्कका अध्यक्ष श्याम कार्की, युनाइटेड मुगुम अर्गानाइजेशन इंकका अध्यक्ष छिरिङ तेम्बा तथा पूर्व अध्यक्ष आङग्याल लामा र न्यूयोर्कका सक्रिय युवा सदु लिम्बू लगायतका थुप्रै न्यूयोर्कका चिरपरिचित विभिन्न पेशामा संलग्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । भी.आइ.पी टिकट लिएका धेरै विशेष व्यक्तित्वहरु कार्य व्यस्तताका कारण नआएको निर्देशक टोमा लामाले जानकारी दिइन् ।

युनाइटेड शेर्पा एसोसियसन यु.एस.ए इंकका अध्यक्ष तेम्बा शेर्पाले टोमालाई धन्यबाद दिँदै एउटा विकट ठाउँको आदिवासी समुह मुगु जस्तो ठाउँको नारी भएर समाजमा यस्तो खालको तरंग ल्याउनु ठूलो कुरा रहेको बताए। ‘हाम्रो पीडाहरु अझ चर्को छ तर यो फिल्ममा निर्देशकले मध्यमार्गी भएर विषयलाई उठान गरेको एकदम उत्कृष्ट लाग्यो । नेपालका आदिवासीहरुको पीडाहरु पोखिएको छ, कसैको विरोध भन्दा पनि आफ्नो आवाजलाई सशक्तरुपले उठाएको छ ।’

नेपाल सरकार, न्यूयोर्कका लागि नेपालको पर्यटन सद्भावना दूत तथा अमेरिकाका लोकप्रिय समाजसेवी केशव राम राईले एउटा मुगु जस्तो दुर्गम ठाउँ र सीमान्तकृत समुदायको महिला भएतापनि निर्देशक टोमा लामाले एउटा गहन र नेपालमा भइ परी आएको विभिन्न समुदायले भोग्दै आएको समस्यालाई उजागर र समाधानको उपायालाई यस चलचित्रले उजागर गरेको बताए ।

‘यो चलचित्र छोटो भए पनि यसको सन्देश लामो र अत्यन्तै गहन छ । यो चलचित्रबाट हरेक एकले र अझ हरेक नेपालका सरकारी कर्मचारीहरुले हेर्नै पर्ने चलचित्र छ । म कहिल्यै फिल्म नहेर्ने मान्छे आज यो फिल्मले मन छोयो ।’

त्यसै गरी हेलो अमेरिकाका चर्चित होस्ट एवं मोडल तथा कलाकार सुमन थाम्सुहाङ लिम्बुले मुगु जिल्लाकै प्रथम चलचित्र निर्देशक एवं नायिका टोमा लामाको निर्देशकीय पक्ष एकदम राम्रो लाग्यो, उहाँको प्रथम चलचित्र पनि हामीले हेरिसकेका र्छौ, त्यो पनि एकदम राम्रो लाग्यो, यो चलचत्रिले सुचनाको हक अधिकार विषयमा बोलेको छ,’ उनले भने, ‘जुन सुकै मातृभाषा बोल्ने नागरिकलाई आफ्नो मातृभाषाबाट सूचनाको हक हुनुपर्दछ भन्ने सन्देश दिएको छ । मुगोम समुदाय कथा उठान गरेता पनि काठमाण्डौं राजधानीकै भक्तपुरको केही नेवार समुदायका व्यक्तिहरु अहिले पनि आफ्नो नेवार भाषा मात्र बोल्ने छन् र उनीहरु नेपाली भाषा बोल्दैनन् ।’

राइले निर्देशक टोमा लामाले आफ्नै बाबा आङग्याल लामालाई मुख्य कास्ट गरेको र यो उमेरमा पनि बाबाको अभिनय एकदम राम्रो रहेको भन्दै सबैलाई चलचित्र हेर्न अनुरोध गरे ।

त्यसैगरी नायिका यन्सरी तमुले निर्देशक टोमा लामा र उनका बाबा आङग्याल लामाले मुगु जिल्लाको मुगाल समुदायको उत्थान, भाषा, सस्कृति बचाउनको लागि चलचित्र मार्फत् पर्दामा उतारेर विश्वमा चिनाउने काम गरेको भन्दै प्रसंसा गरिन् ।

उनले यो अत्यन्तै राम्रो काम भएको भन्दै आफु पनि कलाकार भएकोले उनी जस्तो महिला निर्देशक पाएकोममा एकदमै गर्व लागेको बताइन् । निर्देशक टोमा लामालाई भविष्यमा पनि सबै जनाले सहयोग गर्न अनुरोध गरिन् ।

त्यसैगरी, न्यूयोर्कका सक्रिय युवा सोदु लिम्बूले, चलचित्र फेके हेरी सकेपछि एउटा व्यक्तिले आफ्नो मातृभाषाको संरक्षण संवद्र्धन र विकासको लागि के कति दुःख र संर्घष गरेको छ भन्ने कुरालाई चलचित्रमा पाएको बताए । ‘यो चलचित्रमा भगवान् गौतम बुद्ध तथा बौद्ध धर्मको मन्त्र र धुनले मनलाई आनन्द पारेको छ । कुनै पनि नयाँ जन्मिने शिशुको पहिलो भाषा नै मातृभाषा हो उसको जीनमा नै मातृभाषा हुन्छ,’ उनले भने, ‘उसले अरु भाषामा भन्दा मातृभाषामा सजिलै सिक्न सक्छ । त्यसैले यो चलचित्र आजको दिनमा एकदम सान्र्दभिक छ ।’
चलचित्र प्रर्दशनका दिन सबै प्राविधिक पक्षको काम संचारकर्मी तथा सिनेमेटोग्राफर सम्राट कार्कीले गरेका थिए ।

निर्देशक टोमा लामाले यो भन्दा पहिले मुगाल(मुगोम) समुदायको पहिलो चलचित्र “सोल्जी” निर्देशन गरेकी थिइन् । उक्त चलचित्र पनि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय फिल्म फेस्टीबलमा भाग लिई प्रर्दशन भई सम्मान तथा अवार्ड पाइसकेको छ । हाल यो चलचित्र “सोल्जी” टोमा लामा युट्युव च्यानलमा हेर्न सकिने छ ।

चलचित्र फेके पनि केही समयपछि टोमा लामा युट्युव च्यानलमार्फत हेर्न सकिने बताइएको छ ।

 

वि.सं.२०८१ माघ ७ सोमवार ०९:३८ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...