back
CTIZAN AD

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

वि.सं.२०८१ माघ ७ सोमवार

2.3K 

shares

प्रेम परियार, नर्वे । मगर संघ नर्वेले यही २०२५ जनवरी १९ तारिखका दिन नर्वेको राजधानी ओस्लोमा माघे संक्रान्ति तथा माघी पर्व भव्य र सभ्य रूपमा सम्पन्न गरेको छ ।

निर्धारित समयमा सुरु भएको सो कार्यक्रममा एनआरएन एनसीसी नर्बे लगायत नेपाली संघ संस्थाका प्रतिनिधि हरूलाई आसन ग्रहण गराई खादाद्वारा सम्मान गरिएको थियो ।

आयोजकले समुन्द्र पारीको देशमा पनि आफ्नै भेष, भुषा संस्कृतिको पहिचान इतिहास, परम्परा, र मान्यताहरूलाई ध्यान दिँदै आफ्नै मौलिक संस्कृतिको साथमा रमाउदै मुख्य चाड मिनाम ल्हेस माघे सङ्क्रान्ति भव्य र सभ्य तरिकाले मनाइएको हो ।

हाम्रो भाषा कला संस्कृति र परम्पराको संरक्षरण र संघको दिगो विकास र उद्वेश्यका लागि भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रम बिशेष गरी ओस्लो वरीपरी रहेका नेपालीहरु तथा मगर समुदायहरुको बाग्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपस्थित अधिकांशले प्राय भाङ्ग्रा, र शीरमा टोपी लगाएका थिए भने महिलाहरूले मखमली चोली, छिट्को गुन्यु, टिकिस, पहेँलो निलो रंगको पटुकी, गलामा पहेँलो/हरियो पोते साथैमा कण्ठमाला/मुगामाला, शिरमा शिरफूल, कानमा माडवारी/ढुंग्री, नाकमा बुलाकीको भेषमा सजिएका थिए ।

स्थानीय मगर समुदायको कला, सस्कृति मात्र नभएर नेपालकै कला सस्कृतिका रुपमा प्रख्यात हुर्रा नाच् चुड्का, कौरा नाच, झ्याउरे भाका लगायत थुप्रै गीत तथा नृत्यहरु प्रस्तुत गरेको सो कार्यक्रममा दर्शकहरूले भरपूर मनोरञ्जन लिएका थिए ।

अत्यन्त मनमोहक र चर्चित स्थानीय कलाकार उच्च स्तरको बाद्यबाधानसहित संस्कृति प्रस्तुति धेरै दर्शकहरूको मन जित्न सफल भएको छ । दोहरी गीत सहित बिशेष सांस्कृतिक साँझ जसको जति प्रशंसा गरे पनि कमैं हुने दर्शकहरूले बताए ।
नर्बेको बाक्लो हिऊ र चिसोको प्रवाह नगरी गोधुँली साँझसम्म दमदार प्रस्तुति भइरहेका सामूहिक नृत्यहरु सकिएका थिएनन् ।

कार्यक्रमको प्रमुख अतिथि एनआरएन नर्बेका अध्यक्ष बिष्णु गौतम, सभापति संघका अध्यक्ष बिष्णु भुजेल र संस्थाका प्रतिनिधिहरुले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

अन्त्यमा आमंत्रित सम्पूर्ण अतिथि, संघ संस्थाका प्रतिनिधि र उपस्थितलाई नेपाली पारीकार खानाको ब्यवस्था गरिएको थियो भने कार्यक्रमको सफलताको लागि विभिन्न संघ संस्थामा आबद्ध महानुभावहरूले कार्यक्रम भव्य सफलताको शुभकमना दिएका थिए । कार्यक्रममा करिव २५० जनाको उपस्थित रहेको थियो

 

 

वि.सं.२०८१ माघ ७ सोमवार ०९:५३ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...