back

जलवायु परिवर्तन र यसको असर

वि.सं.२०८१ माघ ८ मंगलवार

1.7K 

shares
GLOBAL IME AD
NTC AD

१. पृष्ठभूमि
जलवायु परिवर्तनलाई आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र प्राकृतिक प्रणालीको सन्दर्भमा विश्वव्यापी घटना मानिन्छ जसले विश्वभरिका मानिसहरूको जीवन र जीविकामा व्यापक रूपमा प्रभाव पारेको छ । स्वस्थ, राम्रोसँग व्यवस्थित, विविध प्रकारका इकोसिस्टम र जीवनको विविधता स्वस्थ, सुरक्षित र समृद्ध समाजका लागि महत्वपूर्ण कारकहरू हुन् । इकोसिस्टमले मानिसहरूलाई खाना, सफा हावा र पानी, ऊर्जा, आश्रय, औषधि, मनोरञ्जन र प्रेरणा प्रदान गर्दछ। यस क्षेत्रका केही प्राकृतिक सम्पदाहरू जस्तै प्राकृतिक वन, पहाड, सिमसार क्षेत्र, समुद्री बासस्थान र अन्य पारिस्थितिक प्रणालीहरूमा पनि समाहित छन् । विश्वव्यापी रूपमा, जलवायु परिवर्तनको जोखिममा नेपाल चौथो स्थानमा छ जहाँ पहाड, हिमालयको फेदमा बाढी आएको छ र यसले भूस्खलन निम्त्याउँछ, दशौं हजार घरहरू र खेतीयोग्य जमिन र सडकहरूको विशाल क्षेत्रहरू नष्ट हुने गरेका छन् ।

जलवायु परिवर्तनको घातक परिणाम स्पष्ट रूपमा सर्वत्र देखिन थालेको छ । कृषिका केही क्षेत्रमा फसलको उत्पादन उल्लेख्य रूपमा घट्न थालेको छ भने पानीको मुहानहरू सुकेर अभाव महसुस गर्न थालिएको छ । भोकमरीको समस्याले कैयौँ मुलुक आकान्त्र छन । मानव अस्थिर हुने सबैभन्दा प्रमुख कारण भोक र स्वास्थ्यको समस्याले गर्दा हो । भोकलाई लोकतन्त्रको स्थायित्वसँग पनि जोडेर हेर्ने चलन छ । हुन पनि जलवायु परिवर्तनको क्रम अहिलेकै दरमा रह्यो भने सन् २०३० देखि २०५० सम्ममा कृषि उत्पादनमा भयङ्कर कमी आउने छ र संसारका एक तिहाइ मानिस भोकै हुने छन् । मानिस भोको भएपछि अस्थिर हुन्छ र आफ्नो थातथलोलाई छोडेर पलायन हुन बाध्य हुन्छ । त्यस्तो प्रवासनको अन्तिम परिणाम भूराजनीतिक रूपमा विश्लेषण गर्दा अझ जटिल हुन्छ । जलवायु परिवर्तनको कारण हुने प्रवासनले वैश्विक रूपमा नै तनाव सिर्जना गर्छ । विज्ञहरूका अनुसार जलवायु परिवर्तनको कारणले कालान्तरमा राजनीतिक अस्थिरता र आतङ्कवादको समस्या सिर्जना हुन्छ, जसले गर्दा सम्पूर्ण मानवजातिको सुख शान्ति हराउने छ र मानव विकासक्रम नै अवरुद्ध हुन जान्छ । यस कारण जलवायु परिवर्तन सम्पूर्ण क्षेत्रसँग जोडिएको हुन्छ र यो अन्तरसम्बन्धलाई वैश्विक जोखिम रिपोर्ट सन् २०२३ मा स्पष्टसंग औल्याएको छ ।

२. जलवायु परिवर्तनका समस्या
जलवायु परिवर्तन भनेको औसत मौसम अवस्थामा एक दीर्घकालीन परिवर्तन हो जो पृथ्वीको स्थानीय, क्षेत्रीय र वैश्विक जलवायुलाई परिभाषित गर्ने गर्छ । जलवायु परिवर्तन भनेको जलवायु परिवर्तनको कारणले देखिने नकारात्मक प्रभावको एउटा विस्तृत शृङ्खलाको पर्याय पनि हो । बिसौँ शताब्दीको मध्यदेखि पृथ्वीको जलवायुमा देखिएको परिवर्तन मानवीय गतिविधि विशेष गरेर जीवाश्म इन्धनबाट प्रेरित भएको हो । जीवाश्म इन्धनलाई जथाभाबी अत्यधिक प्रयोग गर्दा पृथ्वीको वायुमण्डलको ताप रोधक ग्रिन हाउस ग्यासको स्तर बढ्न जान्छ, जसको कारण पृथ्वीको औसत तापमान पनि बढ्छ । यसको साथै केही अन्य प्राकृतिक प्रव्रिmया जो मानवीय गतिविधिले अभिभूत भएको हुन्छ, त्यसले जलवायु परिवर्तनमा योगदान दिने गर्छ । जस्तो कि प्रशान्त महासागरको दोलन, चक्रीय महासागर प्याटर्न, बाहिरी दबाब जस्तो कि ज्वालामुखीको गतिविधिमा परिवर्तन, सूर्यको ऊर्जा उत्पादन र पृथ्वीको कक्षमा भिन्नता आदि । यी सबै गतिविधि प्रकृतिको नियम अनुसार भए प्रकृतिले आफैँ सन्तुलन गर्छ, मानवका लागि हानिकारक हुँदैन किनभने प्रकृतिमा यस्ता प्रकोपको समाधान आफैँ गर्न सक्ने अर्थात् आफैँ सन्तुलन गर्ने क्षमता (होमियोस्टयासिस) हुन्छ तर आफ्नो स्वार्थका लागि प्राकृतिक स्रोतको जथाभाबी प्रयोग गर्नाले मौसमको शैलीमा दीर्घकालीन प्रभाव पर्छ र त्यसले विनाश निम्त्याउँछ । यस कारण प्राकृतिक प्रकोपलगायतका विपत् दैवीय गतिविधिबाट सिर्जना भएको नभई मानव निर्मित हो । प्रकृतिलाई कसरी बुझ्ने भनेर वैज्ञानिक स्टेफेन हकिङले आफ्नो किताब ‘ब्रिफ आन्सर्स टु दि बिग कोइसन्स’ भन्ने किताबको चौथो भाग ‘डज गड एक्जिस्ट’ मा सम्झाइएको छ । यसको ज्वलन्त उदाहरण सिरिया र अफ्रिकाबाट दिन सकिन्छ ।

 यदि जलवायु समस्या समाधानका लागि ठोस कदम चालिएन भने यस्तो समस्या अफ्रिकामा मात्रै होइन सन् २०३० देखि सर्वत्र हुने छ । यसैले अहिलेको जलवायु परिवर्तनको समस्या विश्वभरकै पर्यावरणीय खतरा हो । यही पर्यावरणीय खतरा नै कालान्तरमा सुरक्षा खतरा बन्ने निश्चित छ ।

सिरिया गृहयुद्धको प्रमुख कारण जलवायु परिवर्तनको परिणाम हो भन्ने गरिएको छ । सिरियामा विद्रोह हुनुभन्दा धेरैअघि किसान र गोठालाले गाउँ छोडेर सहर पसेका थिए । जलवायु परिवर्तनको प्रभावले गाउँ कृषि कर्मको उपयुक्त स्थान बन्न सकेन । गाउँले, गोठालाले घरपालुवा जनावरहरूलाई सामान्य खाना मात्र होइन पानीसमेत उपलब्ध गराउन सकेनन्, जसको कारण उनीहरू गाउँबाट सहर प्रवेश गर्न बाध्य भए । जब ठुलो सङ्ख्यामा गाउँबाट सहर मानिस प्रवेश गरे तब एक साथ सहरका मानिसहरूले अशान्ति महसुस गरे । सहरी मानिसका अशान्तिको कारण नै सिरिया लामो गृहयुद्धको कारण बन्यो । असदको पतनपछि पनि सिरियामा हत्याको शृङ्खला रोकिएको छैन ।

अफ्रिकामा जहाँ भोजन र पानीको कमी भएको छ त्यहाँ आतङ्कवादीहरूले अनावश्यक फाइदा उठाएका छन् र सरकारको उपस्थिति प्रायः शून्य छ । यसको मतलब त्यहाँको सरकार जलवायु परिवर्तनबाट सिर्जना हुने नकारात्मक परिणामप्रति संवेदनहीन छ भन्न खोजेको होइन, संवेदनशील हुँदाहुँदै सरकार असफल भयो । सुडान, इथियोपियालगायतका अफ्रिकी मुलुकको समस्या के रह्यो भने त्यहाँ सुकेको पानीको स्रोतको मुहान बचाउन सरकारले सकेन । कृषि कर्म गर्न मानिस असमर्थ भए र भोकमरिको समस्या भयावह हुन पुग्यो । यदि जलवायु समस्या समाधानका लागि ठोस कदम चालिएन भने यस्तो समस्या अफ्रिकामा मात्रै होइन सन् २०३० देखि सर्वत्र हुने छ । यसैले अहिलेको जलवायु परिवर्तनको समस्या विश्वभरकै पर्यावरणीय खतरा हो । यही पर्यावरणीय खतरा नै कालान्तरमा सुरक्षा खतरा बन्ने निश्चित छ ।

जलवायु परिवर्तनको बारेमा हुन सक्ने जोखिमको बारेमा हाम्रो समझदारीलाई अझ बढाउन जरुरी छ । यसैले पानीको उपभोग गर्ने सिलसिलामा पानीसम्बन्धी सम्झौता गर्दा हरेक पक्षबाट सावधानी अपनाउन जरुरी हुन्छ । सन् २०३० देखि २०५० सम्म यही दरमा छिमेकीलगायत मित्र राष्ट्रमा जीवाश्म इन्धनको प्रयोग बढ्यो र कृषि कर्ममा जलवायु अनुकुलन प्रभावकारी कार्यक्रम भएन भने पानी भएको स्थानमा मानिसहरूको जनघनत्व थामिनसक्नु हुनेछ र त्यसको प्रभावबाट नेपाल अति प्रभावित हुने देखिन्छ ।

जलवायु परिवर्तनको कारणले अहिलेसम्म सुरक्षामा गरिएको सबै अनुसन्धानको नतिजालाई समेत चुनौती दिएको छ । अतीतमा कुनै पनि दुई देश जो एक अर्कामा निर्भर छन् या मजबुत दौत्य सम्बन्ध कायम भएको छ तिनीहरू एकआपसमा युद्ध गर्दैनन् भन्ने निष्कर्ष विज्ञको थियो । अर्को अनुसन्धानको नतिजा अनुसार जसको संस्कृति परिवेश उस्तै छ उनीहरू पनि युद्ध गर्दैनन् भन्ने थियो । परिस्थितिक रूपले एकआपसमा निर्भर भयो भने सुरक्षा पनि त्यही परिस्थितिक परस्पर निर्भर हुन्छ भन्ने गरिएको थियो तर जलवायु परिवर्तनको कारणले प्रकृतिमा आउन सक्ने नकारात्मक परिवर्तनले मानवीय एकजुटताको बन्धनमा खलल पुग्ने देखाएको छ । वैज्ञानिकहरूका अनुसार सन् २०३० देखि २०५० सम्म जलवायु परिवर्तनका कारण प्रतिवर्ष दुई लाख ५० हजार मानिसले ज्यान गुमाउने छन् । यसको साथै स्वास्थ्यमा विश्वले प्रत्यक्ष क्षति चार अर्ब डलर थप प्रतिवर्ष खर्च गर्नुपर्ने हुन्छ । नेपालको ठ्याक्कै यति हानि हुन्छ भन्ने बारेमा अध्ययन भएको छैन तर कहीँ अत्यधिक गर्मी, भारी वर्षा, बाढी या सुक्खा पहिरो, पानीको कमी आउने निश्चित छ । जलवायु परिवर्तनले हाम्रो देशमा कैयौँ जीव र वनस्पतिको प्रजातिहरूको जीवन सङ्कटमा छ र सचेतनामूलक कार्यव्रmम सुरु ग्रिएन भने कैयौँ प्रजाति नष्ट हुने निश्चित छ । जब स्रोतसाधन सीमित हुन्छ त्यसपछि प्रतिस्पर्धा तीव्र हुन्छ र अस्थिरता सिर्जना हुन्छ ।
स्वास्थ्यमा जलवायु परिवर्तनको प्रभाव टडकारो रुपमा महसुस गरिएको छ –

३ जनस्वास्थ्यमा जलवायु परिवर्तनको प्रभाव
मुख्य जलवायु परिवर्तन स्वास्थ्य जोखिमहरू प्राकृतिक खतराहरू (विशेष गरी भूस्खलन र बाढी) बाट भेक्टर–जनित रोगको बढ्दो विस्तार (तापक्रम बढ्दै जाँदा) जुन पहिले यी रोगहरूबाट वञ्चित थिए; र बढ्दो खाना र पानीको असुरक्षा आईसीआरसी (२०२१) ले जलवायु परिवर्तनले नकारात्मक प्रतिक्रिया लूपमा स्वास्थ्य र जीविकालाई असर गर्ने सम्भावना रहेको बताएको छ। जब जलवायु परिवर्तनले जीविकोपार्जनमा नकारात्मक असर पार्छ, मानिसहरूसँग राम्रो स्वास्थ्य सुनिश्चित गर्न र स्वास्थ्य सेवाका लागि भुक्तान गर्न पर्याप्त पैसा हुँदैन, जसले तीव्र वा दीर्घकालीन अवस्थाहरू निम्त्याउँछ। त्यस्तै गरी, जब जलवायु परिवर्तनले स्वास्थ्यलाई नकारात्मक असर पार्छ, मानिसहरू काम गर्न असमर्थ हुन सक्छन् र यसैले उनीहरूलाई आवश्यक स्वास्थ्य सेवाका लागि भुक्तान गर्न पर्याप्त पैसा कमाउन सक्छन्, जसले उनीहरूको राम्रो हुने क्षमतालाई अझ कम गर्दछ। दक्षिण एसियाको एउटा लोकप्रिय मुहावरा भन्छः जान है तो जहाँ है–“जब संसार अस्तित्वमा हुन्छ तब जीवन अवस्थित हुन्छ” जहाँ ’जीवन’ ले स्वस्थ, सुविधासम्पन्न रहेको अस्तित्वलाई जनाउँछ(ICRC, २०२१)।

आईसीआरसी (२०२१) ले जलवायु परिवर्तनले धेरै द्रुत प्रकोपहरू निम्त्याउने सम्भावना रहेको कुरामा जोड दिएको छ जसले स्वास्थ्यलाई उल्लेखनीय क्षति पु¥याउन सक्छ (भूस्खलनबाट चोटपटक वा मृत्यु निम्त्याएर) क्षति पुर्रयाउन र सम्पत्ति (विशेष गरी बाली) र सम्पत्ति नष्ट गर्न सक्छ, जसले लामो समयसम्म राम्रो स्वास्थ्यमा रहन र राम्रो जीवन कमाउने क्षमतालाई बिगार्छ फलस्वरूप प्रतिकूल स्वास्थ्य परिणामहरू निम्त्याउँछ (ICRC, २०२१) । जलवायु परिवर्तनको प्रभाव, सुरक्षित जनताको जीविकोपार्जन र जनस्वास्थ्य एकअर्कासँग सम्बन्धित छन् ।

जलवायु परिवर्तनले नेपालमा रोगको फैलावट, कुपोषण र चरम मौसमबाट हुने मृत्युलगायत स्वास्थ्यमा धेरै प्रभाव पारेको छ । भेक्टरबाट हुने रोग, हैजा, कुपोषण, हृदय श्वासप्रश्वाससम्बन्धी रोग, मनोवैज्ञानिक तनाव, स्वास्थ्यमा पर्ने असर र चरम मौसमसँग सम्बन्धित चोटपटक लगायतका झाडापखाला रोगहरू देशका प्रमुख जलवायु–संवेदनशील स्वास्थ्य जोखिम हुन् ।

३.१ रोगहरु
– भेक्टरबाट हुने रोगहरू ः यसमा मलेरिया, डेंगु, चिकनगुनिया, स्क्रब टाइफस र कालाजार समावेश छन् ।
– पखाला लाग्ने रोगहरू ः यसमा हैजा र ग्यास्ट्रोएन्टेराइटिस समावेश छन् ।
– अन्य संक्रामक रोगहरू ः यसमा इन्सेफलाइटिस, मेनिन्जाइटिस, टाइफाइड र जन्डिस समावेश छन् ।

३.२ कुपोषण
– जलवायु परिवर्तनले खाद्य आपूर्तिलाई असर गर्न सक्छ, जसले कुपोषण निम्त्याउन सक्छ ।
– चरम मौसम ।
– जलवायु परिवर्तनले भारी वर्षा, बाढी र पहिरो निम्त्याउन सक्छ, जसले मृत्यु र घाइते हुन सक्छ ।
अन्य स्वास्थ्यले मनोवैज्ञानिक तनाव र हृदय र श्वासप्रश्वाससम्बन्धी रोगहरूलाई असर गर्छ ।

३.३ जोखिम
नेपाल जलवायु परिवर्तनको चपेटामा छ, र यसको स्वास्थ्य प्रणालीले चुनौतीहरूको पर्याप्त सम्बोधन गर्न सक्षम नहुन सक्छ । नेपाल जलवायु परिवर्तनबाट विश्वभर सबैभन्दा बढी प्रभावित हुने देशमध्ये एक हो ।

४. समाधानका उपाय
जलवायु परिवर्तनको नकारात्मक प्रभावबाट छुटकारा पाउनु एक वैश्विक प्राथमिकता हो । जलवायु परिवर्तनको नकारात्मक प्रभावको परिणाम कम गर्न नेपालसँग थप स्रोतसाधनको आवश्यकता देखिन्छ । यसको साथै संयुक्त राष्ट्रसङ्घको सतत विकास लक्ष्य (एसडिजी) हासिल गर्नका लागि नेपालले तुरुन्तै केही कार्य योजना कार्यान्वयन गर्नुपर्ने हुन्छ । यसका लागि सबभन्दा पहिला अन्तर्राष्ट्रिय साझेदार संस्था र मित्रसँग सहकार्य गर्नुका साथै सुरक्षित जलवायुमैत्री जल र स्वच्छता सेवा सुनिश्चित गर्नु पर्छ । छ हजारभन्दा बढी खोला नाला छन् भनेर ढुक्क हुने अवस्था छैन किनभने अबको केही वर्षमा अर्थात् सन् २०३० देखि २०५० को अन्तरालमा पिउने पानीको स्रोतहरू घटने छन् र पानीको हाहाकार हुने छ । आइसल्यान्ड यस्तो देश हो, जसले आफ्नो नागरिक र पर्यावरणीय सन्तुलनका लागि पानीलगायतका प्राकृतिक संसाधनको सुरक्षाको मामिलामा मानक स्थापित गरेको छ । नेपालले पनि त्यस्तो पानी संरक्षण गर्ने योजना तुरुन्त ल्याउनुपर्ने छ । मेलम्ची जस्तो अत्यधिक जलवायु परिवर्तनबाट प्रभाव पर्ने पिउने पानीको योजनाको विकल्प अहिले नै सोच्न जरुरी छ । उपत्यका आसपास बहने अन्य साना खोलाको पानी मेलम्चीको मूल प्रवाहमा जोडन सकिएन भने सन् २०३० पछि पानीको हाहाकार हुने स्पष्ट छ । स्वच्छ जलको हाहाकार भयो भने त्यसले सम्पूर्ण क्षेत्रलाई नकारात्मक प्रभाव पार्छ ।
एउटा महत्वपूर्ण कुरा के छ भने नेपाल र नेपालका छिमेकीबिच एउटा मौलिक साझा सांस्कृतिक सम्बन्ध छ । हामी सबै प्रकारको जोखिम सम्झन र बुझ्न सक्छाँै । समाजको क्षमतालाई कसरी संरक्षित बनाउन सकिन्छ, विभिन्न पारिस्थितिक जोखिम र व्यवधानबाट कसरी बचाउन सकिन्छ र समृद्ध बन्न सकिन्छ भन्ने बारेमा समझदार छौँ । आवश्यक परे जोखिम लिन सक्छौँ । तर जलवायु परिवर्तनको बारेमा हुन सक्ने जोखिमको बारेमा हाम्रो समझदारीलाई अझ बढाउन जरुरी छ । यसैले पानीको उपभोग गर्ने सिलसिलामा पानीसम्बन्धी सम्झौता गर्दा हरेक पक्षबाट सावधानी अपनाउन जरुरी हुन्छ । सन् २०३० देखि २०५० सम्म यही दरमा छिमेकीलगायत मित्र राष्ट्रमा जीवाश्म इन्धनको प्रयोग बढ्यो र कृषि कर्ममा जलवायु अनुकुलन प्रभावकारी कार्यक्रम भएन भने पानी भएको स्थानमा मानिसहरूको जनघनत्व थामिनसक्नु हुनेछ र त्यसको प्रभावबाट नेपाल अति प्रभावित हुने देखिन्छ ।

५. निष्कर्ष
छिमेकीसँग मात्र होइन हामी अहिले एक आपसमा अन्तरसम्बन्ध भएको वैश्विक युगमा छौँ । यस कारण एउटा समुदायमा भएको खाद्य सङ्कट अर्को समुदायका लागि प्रवासन सङ्कट बन्न जान्छ र तेस्रो समुदायका लागि सुरक्षा सम्बन्धित सङ्कट उत्पन्न हुन्छ । सुरक्षा सङ्कटविश्वव्यापी चिन्ताको कारण हो, यसको भूराजनीतिक प्रभाव गहिरो हुन्छ । यस कारण नेपालले जलवायु परिवर्तनप्रति सजग भई लचिलो जल र स्वच्छता नीति तथा सेवा निर्माण गरी विश्वलाई वातावरणको क्षेत्रमा नवीन समाधान प्रस्तुत गर्न सक्नु पर्छ । पानीको व्यवस्थापनमा मानक स्थापना गर्न सकियो भने त्यसले कालान्तरमा वैश्विक उत्प्रेरकको कार्य गर्ने गर्छ । जब जलवायु परिवर्तनले स्वास्थ्यलाई नकारात्मक असर पार्छ, मानिसहरू काम गर्न असमर्थ हुन सक्छन् । यसैले उनीहरूलाई आवश्यक स्वास्थ्य सेवाका लागि भुक्तानी गर्न पर्याप्त आम्दानीनगर्न सक्छन्, जसले उनीहरूको सवल हुने क्षमतालाई अझ कम गर्दछ । नेपाल सरकारले जलवायु परिवर्तन सम्बन्धी स्वास्थ्य जोखिमलाई सम्बोधन गर्न नीति, योजना र रणनीति बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी समस्याहरूलाई सम्बोधन गर्न स्वास्थ्य राष्ट्रिय अनुकूलन योजना तयार गरेको छ । तर, यी योजनाहरु प्रभावकारी रुपमा क्रियान्वयन हुन सकेको देखिदैन् । विश्व स्वास्थ्य संगठनका अनुसार मौसम र हावापानीबाट मानव स्वास्थ्यमा गहिरो असर परेको छ । जलवायु परिवर्तनका कारण भविष्यमा स्वास्थ्य जोखिमहरू मौसम र जलवायुबाट मानव स्वास्थ्यमा अझ धेरै असर पर्ने संम्भावना देखिन्छ ।

वि.सं.२०८१ माघ ८ मंगलवार ०७:३४ मा प्रकाशित

प्रकृतिसँग मानव सम्बन्ध

प्रकृतिसँग मानव सम्बन्ध

१. पृष्ठभूमि विश्व ब्रह्माण्डमा देखिने, नदेखिने, सजीव, निर्जीव, चल, अचल,...

नेपालमा खाद्य तथा पोषण सुरक्षाको चुनौती

नेपालमा खाद्य तथा पोषण सुरक्षाको चुनौती

१. पृष्ठभूमि नेपालको लागि कृषि जनजीविकाको प्रमुख आधार हो ।...

नेपालबाट चीनमा भैंसी मासु निकासी : सम्भावना, चुनौती, र रणनीतिहरू

नेपालबाट चीनमा भैंसी मासु निकासी : सम्भावना, चुनौती, र रणनीतिहरू

नेपाल कृषि प्रधान देश हो, जहाँ पशुपालनले विशेष भूमिका खेलेको...

विदेश जानै पर्ने दबाबमा नेपाली युवा

विदेश जानै पर्ने दबाबमा नेपाली युवा

काठमाडौँ । पल्लाघरे काकाको छोरी अमेरिकाको लागि उडेकी मात्र के...

श्रीस्वथानी व्रतकथा, लैङ्गिक विभेद र केही अनुउत्तरित प्रश्नहरु

श्रीस्वथानी व्रतकथा, लैङ्गिक विभेद र केही अनुउत्तरित प्रश्नहरु

“धर्म”दैवी वा अदृष्य शक्तिमा गरिने विश्वास, आस्था वा सद्भाव हो।...