back

दुई अर्ब ९५ करोडभन्दा बढीको चिया निर्यात

वि.सं.२०८१ माघ ८ मंगलवार

222 

shares
GLOBAL IME AD
NTC AD

भद्रपुर (झापा) । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस)सम्ममा रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ ।

सोही अवधिमा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । गत आव २०८०/८१ को सोही अवधिमा रु एक अर्ब ९० करोड पाँच लाख छ हजार बराबरको चिया निर्यात भएको थियो ।

भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात सुखद् पक्ष रहेको चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताए । चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।

कार्यालयको तथ्याङ्कानुसार चालु आव २०८१/८२ को पुस मसान्तसम्म अलैँचीको निर्यात १६ दशमलव सात प्रतिशतले बढेको छ । चालु आवको छ महिनामा रु चार अर्ब ५५ करोड ७० लाख ६९ हजार बराबरको अलैँची निर्यात भएको छ । गत आव २०८०/८१ को सोही अवधिमा रु तीन अर्ब ९० करोड ५८ लाख ०६ हजार बराबरको अलैँची निर्यात भएको थियो ।

कार्यालयको तथ्याङ्कानुसार प्लाइउड २७ दशमलव ९०, सिमेन्ट क्लिङ्कर चार हजार एक सय ४१, भेनियर सिटको निर्यात दुई सय ३६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, फलामलगायत वस्तुको निर्यातमा कमी आएको छ । पूर्वी नाकामा रहेको मेची भन्सारबाट चालु आवको छ महिनामा रु १३ अर्ब ८४ करोड चार लाख ३९ हजारको मालवस्तु निर्यात भएको छ ।

वि.सं.२०८१ माघ ८ मंगलवार ०८:५१ मा प्रकाशित

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

काठमाडौं । युक्रेनी सेनाको कब्जामा परेका दुई नेपालीको सकुशल उद्धार...

चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबिच किसान लक्षित कर्जा सम्बन्धी समझदारी

चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबिच किसान लक्षित कर्जा सम्बन्धी समझदारी

काठमाडौँ । माननीय कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको प्रथम राष्ट्रिय...

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

काठमाडौँ । महिला टी-ट्वान्टी श्रृङ्खलाको थाइल्याण्डले जितेको छ । अन्तिम...

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज...

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश...

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा...