back
CTIZAN AD

कांग्रेस नेतृ आचार्यको निधन

वि.सं.२०८१ माघ १३ आइतवार

645 

shares

दमौली (तनहुँ) । नेपाल महिला सङ्घ तनहुँकी पूर्वसभापति शशी आचार्यको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा शनिबार राति ८ः४५ बजे निधन भएको हो ।

व्यास नगरपालिका-३ निवासी आचार्य केही समयदेखि अस्वस्थ थिइन् । उनको आज दमौलीस्थित मादीसेती घाटमा अन्तिम संस्कार गरिने जनाइएको छ । आचार्यले महिला हक अधिकार र उत्थानका लागि अतुलनीय योगदान गरेकी थिइन् ।

आचार्यको निधनप्रति विभिन्न दलका नेताहरुले दुःख प्रकट गरेका छन् । नेकपा (एमाले) राष्ट्रियसभाका प्रमुख सचेतक भगवती न्यौपानेले लोकतान्त्रिक आन्दोलनमा अमूल्य योगदान पु¥याने आचार्यको निधनले अत्यन्त मर्माहत भएको उल्लेख गर्दै परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।

नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले राजनीतिक र महिला आन्दोलनमा उल्लेखनीय योगदान गरेकी आचार्यको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं सांसद शङ्कर भण्डारीले आचार्यको निधनले नेपाली काङ्ग्रेसलाई क्षति पुगेको उल्लेख गरे । लोकतन्त्र प्राप्तिको आन्दोलनमा उनले पु¥याएको योगदान सधैं उच्च रहने भण्डारीको भनाइ छ ।

 

वि.सं.२०८१ माघ १३ आइतवार १२:२३ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...