back

आवासीय चिकित्सकले निर्वाह भत्ता पाउने

वि.सं.२०८१ माघ १५ मंगलवार

228 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । निजी मेडिकल कलेजमा स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरूलाई सरकारले अब निर्वाह भत्ता उपलब्ध गराउने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त हस्ताक्षर गरी उक्त निर्णय सोमबार राती सार्वजनिक गरेका छन् ।

उनीहरुले आवासीय चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गर्दै सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय गरेका छन् । जसअनुसार निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई पहिलो वर्ष कम्तीमा रु २५ हजार, दोस्रो वर्ष कम्तीमा रु ३० हजार र तेस्रो वर्ष कम्तीमा रु ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेका छन् । यो व्यवस्था शैक्षिक सत्र २०८१÷८२ देखि लागू हुने उल्लेख छ ।

प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा २०८१ मङ्सिर ९ गते बसेको चिकित्सा शिक्षा आयोगको पन्ध्रौँ बैठकले निजी लगानीका मेडिकल कलेजले प्रदान गर्ने निर्वाह भत्तासम्बन्धी समस्या समाधान गर्ने जिम्मेवारी शिक्षा र स्वास्थ्यमन्त्रीलाई दिएका थिए । सोही अनुसार विभिन्न सरोकारवालासँग पटक पटक भएको छलफलका आधारमा निर्णय गरिएको मन्त्रीद्वयले सार्वजनिक गर्नुभएको निर्णयमा भनिएको छ ।

निजी मेडिकल कलेजहरूले स्नातकोत्तर तहमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल एवम् प्रचलित श्रमसम्बन्धी कानुनबमोजिम मर्यादित सेवासुविधा उपलब्ध गराउनुपर्ने मन्त्रीद्वयद्वारा हस्ताक्षरित निर्णयमा उल्लेख छ ।

 

वि.सं.२०८१ माघ १५ मंगलवार १३:३८ मा प्रकाशित

खुसी हर्मोन प्रबर्धन गर्न पाँच योगासनहरु

खुसी हर्मोन प्रबर्धन गर्न पाँच योगासनहरु

मानिसहरुको मुड खराब हुने वा रिस उठ्ने र उदासिन हुने...

मानसिक स्वास्थमा भोजनको प्रभाव

मानसिक स्वास्थमा भोजनको प्रभाव

काठमाडौँ । चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु...

प्रधानमन्त्री ओलीसमक्ष स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रस्तुत

प्रधानमन्त्री ओलीसमक्ष स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप...

नुन र मुटु रोगको सम्बन्ध, बेसी हुँदा यस्तो हानिकारक

नुन र मुटु रोगको सम्बन्ध, बेसी हुँदा यस्तो हानिकारक

काठमाडौँ । नुन हाम्रो भान्छाको एक अपरिहार्य वस्तु हो ।...

चिकित्सा शिक्षाका विद्यार्थीको रोजाइमा जुम्ला

चिकित्सा शिक्षाका विद्यार्थीको रोजाइमा जुम्ला

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन...

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना...