back
CTIZAN AD

सीप सिकेर स्वरोजगार बन्दै महिला

वि.सं.२०८१ माघ १५ मंगलवार

708 

shares

घोराही (दाङ) । यहाँका महिला सीप सिकेर आयआर्जन गर्दै आएका छन् । घोराही उपमहानगरपालिका–१४ स्थित स्वप्न होजियारी उद्योग एवं प्रशिक्षण केन्द्रमा महिला सीप सिकेर स्वरोजगार बन्न थालेका हुन् ।

अहिले यहाँ एकमहिने होजियारी सीपमूलक तालिम सञ्चालन भइरहेको छ । यो तालिम सञ्चालनका लागि उपमहानगरपालिकाले रु दुई लाख आर्थिक सहयोग गरेको छ । त्यसले गर्दा निःशुल्क रुपमा सीप सिक्न पाउँदा महिला उत्साहित भएका छन् । आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सीप सिक्दै आएको घोराही–१३ की चम्फा चौधरीले बताइन् ।

उनले भनिन्, “सीप सिक्छौँ, आत्मनिर्भर बन्छौँ, आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ ।” यसअघि उनले सुइटर, टोपी, मोजालगायत बुन्न सिकिसकेको बताइन् । विगत एक वर्षदेखि उद्योगमा जोडिएकी उनले ‘डिजाइनर’ समेत भएर अरूलाई सिकाउन थालेकी छन् ।

प्रशिक्षण केन्द्रले बेरोजगार महिलालाई स्वरोजगार बनाउनका लागि ऊनबाट बन्ने घर सजावटका सामग्री, खेलौनालगायत सामग्री बुन्ने सीप प्रदान गरेको छ । केन्द्रमार्फत अन्य समयमा पनि विभिन्न बुनाइसम्बन्धी सीपयुक्त तालिम सञ्चालन भइरहन्छ ।

ऊनबाट निर्माण हुने विभिन्न प्रकारका डल बुनेर देशबाहिर पठाउने गरेको उनले बताइन् । “यो सीपले हाम्रो जीवनस्तरमा सुधार ल्याउने आशा गरेका छौँ”, उनी भनिन्, “सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा सहयोग पुग्ने आशा गरेका हौँ ।” यसअघि चुलोचौको र पानी पँधेरामा सीमित हुने महिलाले सीप सिकेर आयआर्जन गरी आत्मनिर्भरको बाटो रोजेका छन् ।

घोराही–१४ की ३० वर्षीया अनिता डाँगी पनि तालिममा सहभागी भएकी छन् । अघिपछि घरमा त्यसै बस्दा आर्थिकरुपमा कसरी सशक्त हुन सकिन्छ भन्ने मात्रै सोचाइ आउँथ्यो तर अहिले व्यस्त हुँदा कुनै नकारात्मक कुरा सोच्न समय नहुने गरेको उनले बताइन् ।

उद्योगबाट धेरै कुरा सिक्न पाएको उनको भनाइ छ । फुर्सदको समयलाई सीपमूलक काममा लगाइयो भने जीविकोपार्जनमा सहयोग पुग्ने उनको आशा रहेको छ । महिलालाई आत्मनिर्भर बनाउन स्वप्न होजियारी उद्योग एवं प्रशिक्षण केन्द्रका प्रमुख प्रशिक्षक रचना सुवेदीेले सीप सिकाउँदै आएकी छन् । केन्द्रमा हाल १२ महिलाले सीप सिक्दै आएका छन् । प्रशिक्षक सुवेदी सीप सिकेर व्यावसायिक रुपमा अगाडि बढाउन प्रशिक्षार्थीलाई आग्रह गर्छिन् ।

सिकेको सीपले बजारमा पाइने रेडिमेडभन्दा हातले बुनेका मोजा, टोपी बलियो र टिकाउ हुने उनको अनुभव छ । “सुवेदीले सीप सिकेर उत्पादन गरेका वस्तु बिक्रीका लागि जिल्लामा बजारको केही समस्या छ”, उनले भनिन्, “स्थानीय सरकारले यसको बजारीकरणका लागि सहज वातावरण बनाइदिए राम्रो हुन्थ्यो ।” हाल यही समस्या रहेकाले मुख्य कुरा बजारीकरणका लागि हरेक निकायले पहल गरिदिए सहज हुने उनको भनाइ छ ।

साथै आयआर्जन न्यून भएका धेरै महिला सीप सिक्नबाट वञ्चित हुने हुँदा अहिले स्थानीय सरकारको सहयोगमा सीप प्रदान गर्न सहज भएको उनी बताउँछिन् । कतिपय महिलाले सीप सिक्न आउँदा दैनिक मजदुरी नै छुट्ने समस्या बताउने गरेको प्रशिक्षक सुवेदी बताउँछिन् । प्रशिक्षक सुवेदीले २०६९ सालदेखि प्रशिक्षकको काम गर्दै आएकी छन् ।

एक महिनासम्म महिलालाई ऊनको धागोबाट विभिन्न प्रकारका खेलौना तथा घर सजावटका सामग्री बुन्न सिकाउने उनको भनाइ छ । तालिमपश्चात् प्रशिक्षार्थीले उत्पादन गरेका सामग्रीलाई आफूले काठमाडौँ लगेर बजारीकरण गरिदिने उनी बताउँछिन् । रासस/फाइल फोटो

 

वि.सं.२०८१ माघ १५ मंगलवार १३:१५ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...