back
CTIZAN AD

कल्भर्टमुनि एक पुरुषको शव फेला

वि.सं.२०८१ माघ १५ मंगलवार

675 

shares

कटारी (उदयपुर) । यहाँको उदयपुरगढी गाउँपालिका–७ स्थित मदन भण्डारी राजमार्गमा पर्ने कल्भर्टमुनि एक पुरुषको शव फेला परेको छ । आज दिउँसो सोही वडाको घलेडाँडा घर भएका अन्दाजी ४३ वर्षीय नगेन्द्रबहादुर घलेको शव फेला परेको हो ।

उक्त शव फेला परेसँगै प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए । “घटनास्थलमा अनुसन्धानका लागि तालिमप्राप्त कुकुर पठाएका छौँ”, उनले भने ।

प्रहरीका अनुसार सोमबार साँझ नजिकैको एक पसलबाट साथीहरुसँग मदिरा सेवन गरी घले छुटेका थिए । स्थानीयले घटना शङ्कास्पद रहेको भन्दै शव उठाउन नदिएपछि प्रहरीले अनुसन्धानका लागि कुकुर प्रयोग गरेको जनाएको छ । स्थानीय होम बस्नेतका अनुसार मदन भण्डारी सडक हेरालुहरुले सफाइका क्रममा कल्भर्ट मुनी शव देखेर प्रहरीलाई जानकारी दिएका थिए ।

वि.सं.२०८१ माघ १५ मंगलवार १८:४१ मा प्रकाशित

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको...

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...