back
CTIZAN AD

अमेरिकी सेनाको हेलिकप्टर र यात्रुबाहक विमान आपसमा ठोक्किएर दुर्घटना, कम्तीमा १८ जनाको शव फेला

वि.सं.२०८१ माघ १७ बिहीवार

945 

shares

वासिङ्टन । अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमानअमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको छ । विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका थिए ।

अहिलेसम्म १८ जनाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले प्रहरी अधिकारीहरूले उद्धृत गरी जानकारी गराएका छन् ।

बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै थियो । अमेरिकी सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनापछि हावामा दुई भाग भई पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

नदीमा खोजी तथा उद्धार कार्य जारी छ ।

स्थानीय समयअनुसार राति ९ बजे वासिङ्टन रेगन नेसनल एयरपोर्ट नजिकै दुर्घटना भएको घटनाको अनुसन्धान सुरु गरिएको छ ।

दुर्घटनापछि ठूलो संख्यामा आकस्मिक बलका सदस्यहरू विमानस्थलमा पुगेका छन्। घटनास्थलमा १० भन्दा बढी एम्बुलेन्स र ट्रकपनि रहेका छन् ।
रेगन एयरपोर्टले सामाजिक सञ्जाल एक्समा एक सूचना जारी गर्दै लेखेको छ,,“तत्कालका लागि सबै उडान स्थगित गरिएको छ ।”

एक अमेरिकी सैनिक अधिकारीले अमेरिकी समाचार च्यानल सीबीएसलाई बताएअनुसार दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर थियो । हेलिकप्टरमा अमेरिकी सेनाका तीन सैनिक सवार थिए ।

हेलिकप्टरमा कुनै वरिष्ठ अधिकारी थिएनन्, तर त्यसमा सवार सैनिकको अवस्था पनि स्पष्ट छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनापछि सामाजिक सञ्जाल एक्समा एक सन्देश जारी गर्दै भनेका छन्, ’रेगन नेसनल एयरपोर्टमा भएको दुर्घटनाबारे मैले पूर्ण जानकारी पाएको छु । अवस्थाको अनुगमन भइरहेको छ ।”

उनले यस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गर्दै अगाडि भनेका छन्, “मृतकका आत्मालाई भगवानले शान्ति प्रदान गरुन् ।”
एएफपी

वि.सं.२०८१ माघ १७ बिहीवार १५:२६ मा प्रकाशित

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...