back

गजल

वि.सं.२०८१ माघ १९ शनिवार

510 

shares
GLOBAL IME AD
NTC AD

तारा बिष्ट छन्दार्पण
हाल : मलेसिया

जलाए दिल उनैले सादगी बिर्से
गरी पूजा भयो के? आरती बिर्से

सबै मान्छे खुसी खोज्दै गए टाढा
बुबा आमा र आफ्नै घरधुरी बिर्से

गुमाए के कमाए के बसे एक्लै
गई मुग्लानमा तिनले खुसी बिर्से

धनी बन्ने इरादा भो लुटे जनता
महल पाए गरिबका झोपडी बिर्से

जलेका जून ‘तारा’ छन् अँध्यारोमा
उज्यालो रोशनी छर्दै जली बिर्से

बहरः हजज मुसद्दस सालिम
अर्कान : मुफाईलुन् मुफाईलुन् मुफाईलुन्
वजन ; १२२२ – १२२२ – १२२२
काफियाः स्वर काफिया ई
रदिफः बिर्से
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८१ माघ १९ शनिवार ०५:०६ मा प्रकाशित

युध्द नभएको भए !

युध्द नभएको भए !

हो महासय हो युध्द नभएको भए थुप्रै दुखहरू व्यहोर्नु पर्ने...

राप्ती साहित्य परिषद्को ७३ औँ छन्दसङ्गम कार्यक्रम सम्पन्न

राप्ती साहित्य परिषद्को ७३ औँ छन्दसङ्गम कार्यक्रम सम्पन्न

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित कार्यक्रमअन्तर्गत ७३औँ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर हामी जहाँ भए पनि संसार छैन...

गजल

गजल

अरुण खड्का, किर्तिपुर, काठमाडौं छछल्केर प्यासी नयनभित्र तिम्रो डुबेको छु...

कविता : वृद्ध -गाथा

कविता : वृद्ध -गाथा

राम शरण न्यौपाने,भक्तपुर झुल्केघामसँगै हिमाल चुचुरा हाँस्छन् जसै सुन्दर ऊर्जा...

कविता : नारी जागौँ

कविता : नारी जागौँ

कल्पना अधिकारी,टोखा काठमाडौं नारी बने शिक्षित सभ्य पात्र । बन्दैन...