back
CTIZAN AD

गजल

वि.सं.२०८१ माघ १९ शनिवार

1.2K 

shares

तारा बिष्ट छन्दार्पण
हाल : मलेसिया

जलाए दिल उनैले सादगी बिर्से
गरी पूजा भयो के? आरती बिर्से

सबै मान्छे खुसी खोज्दै गए टाढा
बुबा आमा र आफ्नै घरधुरी बिर्से

गुमाए के कमाए के बसे एक्लै
गई मुग्लानमा तिनले खुसी बिर्से

धनी बन्ने इरादा भो लुटे जनता
महल पाए गरिबका झोपडी बिर्से

जलेका जून ‘तारा’ छन् अँध्यारोमा
उज्यालो रोशनी छर्दै जली बिर्से

बहरः हजज मुसद्दस सालिम
अर्कान : मुफाईलुन् मुफाईलुन् मुफाईलुन्
वजन ; १२२२ – १२२२ – १२२२
काफियाः स्वर काफिया ई
रदिफः बिर्से
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८१ माघ १९ शनिवार ०५:०६ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...