back
CTIZAN AD

लघुकथा : सहादत

वि.सं.२०८१ माघ १९ शनिवार

2.4K 

shares

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर

मध्यरातमा देखिएको छायाँ आकृतिले झस्कायो । ऊ मतिर नै लम्कदै थियो । डराइ डराइ सोधेँ–

“को हौ तिमी ?”

“म सहिद ।”

सहिद नाम सुन्ने बित्तिकै कान ठाडा भए । त्यसमाथि गलाभरी फूलकोमालाले ढाकिएको उसको आकृतिले ठूलै सहिद जस्तो लाग्यो ।

“अनि आज कताबाट त ?”

“थाहा छैन तिमीलाई ? सहिद सप्ताह चल्दै छ, सम्मान थापेर आको।“

सम्मानित सहिद सामुन्ने देख्दा मन फुरुङ्ग भयो । उनको बारेमा जान्न मन झन् उत्सुक भयो । प्रश्नका वर्षा गर्न थालेँ –

“कसरी सहिद भयौ ?”

“एउटा धारिलो चिज आएर छातीमा गड्यो । म त्यहीँ ढलेँ । ढल्नु अगाडी गोली चल्यो भन्ने आवाज चाहिँ सुनेको थिएँ ।“

“तिम्रो योगदान के थियो त ?”

“त्यो त उसैलाई सोध्नु पर्छ, जसले सहिद घोषणा गर्यो ।”

“अनि तिमीलाई गोली हान्ने को थियो, सत्ताधारी कि विद्रोही?”

“खै म त नेत्रहीन, बाटोमा भिख मागेर बसिरहेको थिएँ ।”

वि.सं.२०८१ माघ १९ शनिवार ०५:०२ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...