back
CTIZAN AD

गजल

वि.सं.२०८१ माघ १९ शनिवार

1.2K 

shares

गजलिका, अमेरिका

बसूँ भन्छ यो मन नयनभित्र तिम्रो
इरादा छ कस्तो त्यो मनभित्र तिम्रो

कतै बोल्न खोजे तिमी रोक्न खोज्छौ
लुकेको छ माया खटनभित्र तिम्रो

बगैँचा गरेको छ भमराले कब्जा
फुलोस् फूल बेली जतनभित्र तिम्रो

बसी आडमा खुब मिठा बात गर्छौ
कथा प्रेमका छन् कथनभित्र तिम्रो

नजर चुस्स जुध्छन् नसा चढ्छ तनमा
छ के वस्तु त्यस्तो वदनभित्र तिम्रो

गरी लोभ धनको रहर शून्य पार्छौ
सँगै हुन्न गोजी कफनभित्र तिम्रो

बहर – मुतकारिब मुसम्मन सालिम
अर्कान फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन – १२२ – १२२ – १२२ – १२२
अभ्यास – परिश्रमी पाठशाला

वि.सं.२०८१ माघ १९ शनिवार ०५:०१ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...