
उत्तमकुमार पोखरेल, भक्तपुर
के के सुने सहरमा, कति सत्य होला
देखेँ सधैं नयनले, नित भ्रष्ट खेला
जागौँ समस्त जन हो,अब मित्र साथी
जत्था छ भ्रष्ट दुतको किन? बस्छ माथि ।।१
खेदौँ मिलेर अब ता,जन जाग आज
देवारि दूत जति को,अब झार राज
पाऊँ म शक्ति धन जो प्रभु ईष्टमित्र
बस्ने छ जो मुलुकमा जति छन् सचित्र ।।२
लुट्दै बसे मनुजको सब धर्म नासे
खाएर दुष्ट जनले, किन? धर्म मासे
बुझ्ने छ जे जति सबै जब शक्ति हाम्रो
भाग्ने छ दुष्ट जन नै बन आज चाम्रो।।३
माया नगर्नू उसको, कति के बिरायो
बेचे धरा जति सबै, वन नै हरायो
डाँफे र बाघ वनमा,कुन जीव होला
नेपाल देश अहिले, किन हुन्छ हेला ।।४
आमा यसै भुवनमा ,भर नै छ तिम्रो
बढ्दै छ रोग अहिले, गर भेद राम्रो
आफ्ना थिए जति यहाँ , भन को छ साथ
हाँसू म आज कसरी, मन छैन साथ।।५
छन्द – वसन्ततिलका
गण : त भ ज ज गु गु
सङ्केत -SSI SII ISI ISI S S
वि.सं.२०८१ माघ १९ शनिवार ०४:५७ मा प्रकाशित