back
CTIZAN AD

कविता : म र भ्रष्टाचार

वि.सं.२०८१ माघ १९ शनिवार

1.1K 

shares

दीनानाथ पोख्रेल, इलाम

म व्यक्ति अति अग्लो छु, पदले धनले पनि ।
सधैँ साथ दिएका छन्, छलले जालले पनि ।।०१।।

सेतो कालो बनाएर, म छर्छु शिष्य छन् पर ।
मिचेर विधिको बाटो, भर्दो छु अर्थले घर ।।०२।।

भ्रष्टाचारी भनून् के भो ? सदाचारी छु भन्दछु ।
चेलामा अर्थ बाँडेर, सदाचारी म छिन्दछु ।।०३।।

भ्रष्टाचारी म नै हुँ कि ? भ्रष्टाचार स्वयम् म हुँ ।
बुझ्नलाई भयो गाह्रो, कष्टको हाल के कहुँ ?०४।।

झुक्किएँ म स्वयम् आज, म को हुँ चिन्न सक्दिनँ ।
तर्सन्छु नीदमा राति, भ्रष्टता त्याग्न सक्दिनँ ।।०५।।

उठ्दछन् स्मृतिका छाल, भोक, रोग, अभावका।
खुसीमै बित्तथ्यो काल, स्रोत शून्य रवाफका ।।०६।।

सम्पत्ति थुप्रियो रास, छाती पोल्दछ त्रासले ।
त्रासका मारको छाती, टाढा राख्दछ आशले ।।०७।।

कर्ममा निस्कनासाथ, भ्रष्ट बाटो म रोज्दछु ।
उक्लिएँ अर्थमा माथि, प्वाल नौलो म खोज्दछु ।।०८।।

हिजोका कष्ट सम्झन्छु, सास लामो सुसाउँछ ।
भ्रष्ट बाटो समात्तै छु, लोभमाथि उठाउँछ ।।०९।।

लेख्नेले कविता लेख्छन्, गाउँछन् गीत के भयो ?
सेनामेना सँगै पाल्छु, रक्षापङ्क्ति छँदै छ यो ।।१०।।

भ्रष्टाचार नगर् भन्छन्, साह्रै तात्तछ कन्सिरी ।
गर्दै अटेर पक्डन्छु, विशाल अर्थको गिरि ।।११।।

कराऊन् मिडियाकर्मी, केही दाम चटाउँछु ।
पशालीन स्वच्छ हो भन्ने, पत्रिकामै छपाउँछु ।।१२।।

शौचालय पसी हेर्छु, टेलिभिजन नित्य म ।
थोरै जोडा बनेका छन्, आफैँभित्र ठडिन्छु म ।।१३।।

भ्रष्टाचारी समातेर, थुन्ने भन्छन् कताकति ।
ती सबै दुष्ट हुन् मेरा, मरून् लाग्छ भएजति ।।१४।।

छन्द : अनुष्टुप्

वि.सं.२०८१ माघ १९ शनिवार ०४:५४ मा प्रकाशित

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु सहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...