back
CTIZAN AD

कविता : रिस

वि.सं.२०८१ माघ १९ शनिवार

1.4K 

shares

उत्तम विचार, नुवाकोट

रिस हो निजको शत्रु गरौँ विनाश खोज्दछ
रिस खाने हुँदा आफू अर्को विवेक रोज्दछ ।।१।

आफ्नै मुहार ऐनामा हर्दा बादल ढाक्दछ
क्रोधले हैन शालीन हुनुले अर्थ राख्दछ ।।२।

रिस हो मूढको अस्त्र ज्ञान विज्ञानको तर
रिसको पाठशालामा के आविष्कार हुन्छ र ।।३।

हुङ्कार गर्नु हो व्यर्थ अहङ्कार ग¥यौँ किन
रिसको मार्गमा हिँड्दा सकिन्न पुग्न लक्ष्यमा ।।४।

मौनता साँध्नु हो राम्रो हुन्छ आवेग घातक
धीरता रिसको शत्रु मित्र हो मार्ग द्योतक ।।५।

जलेर मर्दछन् मित्र खुसीमा शत्रुझैँ किन
ती मात्र लाग्दछन् वैरी म मित्र मान्न सक्दिनँ ।।६।

जलाई बास जो आफ्नो खरानी पार्छ रोषमा
विद्वेष सिर्जना हुन्छ आएर हुन्न जोसमा ।।७।

शिर हो रिसको बासझैँ गरी बस्छ शानले
अग्लिन्न रिसले माथ होचिन्छ अभिमानले ।।८।

रिसले युद्ध निम्तिन्छ अन्त्य हुनेछ प्रेमले
रिसकै पछि पर्नाले अग्ला स्तम्भ स्वयम् ढले ।।९।

रिसलाई तलै राखौँ पाइताला बनोस् घर
कमजोर हुँदै जान्छ रिसानी बन्छ मत्थर ।।१०।

छन्द : अनुष्टुप्

अनुष्टुप् छन्दको नियम – सुरुका तीनमध्ये कुनै एक अक्षर दीर्घ, पाँचौँ ह्रस्व, छैटौँ दीर्घ, तेह्रौँ ह्रस्व,चौधौँ दीर्घ, पन्ध्रौँ ह्रस्व सामान्यत तैपनि लयभावमा अवरोध नभए अनिवार्य छैन कतै ।

 

 

वि.सं.२०८१ माघ १९ शनिवार ०४:५१ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...