back

कविता : आमा

वि.सं.२०८१ माघ १९ शनिवार

540 

shares
GLOBAL IME AD
NTC AD

कविराज घिमिरे, भक्तपुर

देख्छिन् उः परबाट प्रष्टसँगले छोरी भनी चिन्दछिन्
के खाइन् यिनले भनेर दिलमा गाँठो परी गुन्दछिन्
अर्काको घर खानुपर्छ यिनले आफ्नो बनाईवरी
छोरीको छ विधान भिन्नसँगको मिल्दैन छोरासरि ।।१

पार्छिन् स्वस्थ निरोगको छ महिमा के काम ती ख्याउटे
गाला पुक्क हँस्याइलो कुमुदझैँ देख्ता हुने घाइते
छाती पेट सलक्क हुन्छ जसको त्यो चेहडा ताजुब
खुट्टा हात दुरुस्त कञ्चन बने ती अप्सरा हुन् खुद ।।२

मात्रै डाल बनेर हुन्न अनि झन् जो बन्दछन् शिक्षित
हुन्छन् ती मृदु भावका रहरिला कर्तव्यमा दीक्षित
जस्को आदत नम्र हुन्छ तिनले जित्छन् सयौँ दुस्मन
टिक्तैनन् तिनका अगाडि कहिल्यै जो छन् बडा दुर्मन ।।३

आमाबाट सरेर शील सजिलै बस्नेछ छोरीसँग
आमा बन्नुछ शिष्ट दिव्यपथकी उद्यान राम्रोसँग
आमाले कसरी सुसज्जित हुने छोरीहरूको कला
पार्नैपर्छ दरा सुमङ्गल उचा आधारका ती बला ।।४

आमाबाट चरित्र बन्छ सदियौँ सन्तान छाया बनी
बन्नू अब्बल पर्छ सज्जन हुँदै जिज्ञासु आमा बनी
बाबाको भर हुन्छ वाह्य अवनी कस्तो छ देखाउने
आमाको गुणबाट नै सुजनता हो दीर्घता छाउने ।।५

छन्द – शार्दूलविक्रीडित
गण – म स ज स त त गु
सङ्केत – SSS  llS  lSl  llS  SSl  SSl S

 

 

वि.सं.२०८१ माघ १९ शनिवार ०४:४९ मा प्रकाशित

आज विश्व कवितासहित पाँच वटा अन्तरराष्ट्रिय दिवस

आज विश्व कवितासहित पाँच वटा अन्तरराष्ट्रिय दिवस

काठमाडौं । आज पाँच वटा अन्तरराष्ट्रिय दिवस परेका छन् ।...

लघुकथा : तृषा

लघुकथा : तृषा

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर मलामी आएका वृद्धा रहस्यात्मक...

चारु

चारु

नीता गुरुङ,गुवाहाटी, असम, भारत स्वार्थी मनले स्वाङ पारी मन्दिर धाएर...

चारु

चारु

सञ्जना शर्मा,लमही दाङ सूनिदैन कतै आजभोलि ताली युवा परदेश गाउँ...

गजल

गजल

तारा विष्ट छन्दार्पण, दाङ ,हाल -मलेसिया लुट्दै छ देश मेरो...

झिल्का कविता

झिल्का कविता

होम प्रसाद नेउपाने, धरान, सुनसरी १. प्रेमको उघार्नू ढोका सारा...