back
CTIZAN AD

कविता : आमा

वि.सं.२०८१ माघ १९ शनिवार

1.1K 

shares

कविराज घिमिरे, भक्तपुर

देख्छिन् उः परबाट प्रष्टसँगले छोरी भनी चिन्दछिन्
के खाइन् यिनले भनेर दिलमा गाँठो परी गुन्दछिन्
अर्काको घर खानुपर्छ यिनले आफ्नो बनाईवरी
छोरीको छ विधान भिन्नसँगको मिल्दैन छोरासरि ।।१

पार्छिन् स्वस्थ निरोगको छ महिमा के काम ती ख्याउटे
गाला पुक्क हँस्याइलो कुमुदझैँ देख्ता हुने घाइते
छाती पेट सलक्क हुन्छ जसको त्यो चेहडा ताजुब
खुट्टा हात दुरुस्त कञ्चन बने ती अप्सरा हुन् खुद ।।२

मात्रै डाल बनेर हुन्न अनि झन् जो बन्दछन् शिक्षित
हुन्छन् ती मृदु भावका रहरिला कर्तव्यमा दीक्षित
जस्को आदत नम्र हुन्छ तिनले जित्छन् सयौँ दुस्मन
टिक्तैनन् तिनका अगाडि कहिल्यै जो छन् बडा दुर्मन ।।३

आमाबाट सरेर शील सजिलै बस्नेछ छोरीसँग
आमा बन्नुछ शिष्ट दिव्यपथकी उद्यान राम्रोसँग
आमाले कसरी सुसज्जित हुने छोरीहरूको कला
पार्नैपर्छ दरा सुमङ्गल उचा आधारका ती बला ।।४

आमाबाट चरित्र बन्छ सदियौँ सन्तान छाया बनी
बन्नू अब्बल पर्छ सज्जन हुँदै जिज्ञासु आमा बनी
बाबाको भर हुन्छ वाह्य अवनी कस्तो छ देखाउने
आमाको गुणबाट नै सुजनता हो दीर्घता छाउने ।।५

छन्द – शार्दूलविक्रीडित
गण – म स ज स त त गु
सङ्केत – SSS  llS  lSl  llS  SSl  SSl S

 

 

वि.सं.२०८१ माघ १९ शनिवार ०४:४९ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...