back
CTIZAN AD

कविता : मन छैन साथ

वि.सं.२०८१ माघ १९ शनिवार

477 

shares

उत्तमकुमार पोखरेल, भक्तपुर

के के सुने सहरमा, कति सत्य होला
देखेँ सधैं नयनले, नित भ्रष्ट खेला
जागौँ समस्त जन हो,अब मित्र साथी
जत्था छ भ्रष्ट दुतको किन? बस्छ माथि ।।१

खेदौँ मिलेर अब ता, जन जाग आज
देवारि दूत जति को,अब झार राज
पाऊँ म शक्ति धन जो प्रभु ईष्टमित्र
बस्ने छ जो मुलुकमा जति छन् सचित्र ।।२

लुट्दै बसे मनुजको सब धर्म नासे
खाएर दुष्ट जनले, किन? धर्म मासे
बुझ्ने छ जे जति सबै जब शक्ति हाम्रो
भाग्ने छ दुष्ट जन नै बन आज चाम्रो।।३

माया नगर्नू उसको, कति के बिरायो
बेचे धरा जति सबै, वन नै हरायो
डाँफे र बाघ वनमा,कुन जीव होला
नेपाल देश अहिले, किन हुन्छ हेला ।।४

आमा यसै भुवनमा ,भर नै छ तिम्रो
बढ्दै छ रोग अहिले, गर भेद राम्रो
आफ्ना थिए जति यहाँ , भन को छ साथ
हाँसू म आज कसरी, मन छैन साथ।।५

छन्द – वसन्ततिलका
गण : त भ ज ज गु गु
सङ्केत –SSI  SII  ISI   ISI   S   S

वि.सं.२०८१ माघ १९ शनिवार ०४:४५ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वटा...

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै...