back
CTIZAN AD

एलिनाले पतिसँग अंश र माना-चामल नलिने

वि.सं.२०८१ माघ १८ शुक्रवार

900 

shares

काठमाडौँ  । गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा आज सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् । साथै उनले पतिसँग अंश र माना–चामल नलिने फिराद पत्रमा उल्लेख गरेकी छिन् ।

गत वैशाख गते झापा, बिर्तामोडमा गायिका एलिना चौहान र विष्णु सापकोटाल तामझामका साथ विवाह गरेका हुन् ।

प्रेम सम्बन्धमा रहेकै बेलामा पनि उनीहरुबीच ब्रेकअपको हल्ला समाजिक सञ्जालमा फैलिएको थियो । तर, यो हल्लामै सीमित रहेको भन्दै उनीहरुले विवाह गरेका थिए । यो सम्बन्ध त्यति सुमधुर रहेन । गायिका चौहान अष्टेलियाबाट फर्किने बित्तिकै उनी ओसो पनि गएकी थिईन त्यतिबेलादेखि नै उनीहरुको सम्बन्धमा चिसो पसेको हल्ला चलिरहेको थियो ।

केहि दिन अघिमात्र गायिका ज्योति मगरले फेसबुकमा यस्तो स्टाटस राखेकी थिईन्, ‘आज काठमाडौंदेखि पोखरा जाने क्रममा एक चर्चित गायिका बहिनीसँग भेट भयो । यात्रामा उनले पीडाहरु खोलिन् र बरर्र आँशु झारिन् । पब्लिक फिगरको त यस्तो दुर्दशा छ आम महिलाको हालत के होला …?’ समाजिक सञ्जालमा धेरैले यो स्टाटस गायिका चौहानलाई लक्षित भएको अनुमान समेत गरेका थिए ।
उनले फिराद पत्रमा सम्बन्ध विच्छेद गर्नुपर्ने कारण खुलाएकी छिन् ।

पति विष्णुले धेरै शंका गरेकै कारण सम्बन्धमा समस्या देखिएको फिराद पत्रमा उल्लेख गरेकी छिन् ।कार्यक्रममा बाहिर लामो समय बस्नुपर्ने अवस्थामा अनेक शंका–उपशंका गर्ने, कार्यक्रमको बीचमा फोन गरेर घर बोलाउनेजस्ता कारण आफूहरुबीच मनमुटाव भएको उनले उल्लेख गरेकी छिन् । ‘म कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेर्दै अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्ने’भनी सम्बन्ध विच्छेदका लागि फिराद पत्र दर्ता गरेकी हुन्।

उनले सम्बन्ध विच्छेद गरी स्वतन्त्र भई आ–आफ्नो जीवन विताउन ‘श्रेयष्कर’ हुने उल्लेख गरेकी छिन्। सम्बन्ध विच्छेद गर्दा उनले पतिसँग अंश र माना–चामल नलिने फिराद पत्रमा उल्लेख गरेकी छिन् ।
‘निज विपक्षीबाट अंश तथा माना–चामल नलिने गरी यो फिरादपत्र लिई सम्मानित अदालतसमक्ष उपस्थित भएकी छु’उनले लेखेकी छिन् ।

वि.सं.२०८१ माघ १८ शुक्रवार २०:२० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...