back
CTIZAN AD

गुल्मी जिल्ला समाज युकेको एघारौं बार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०७४ जेठ १५ सोमवार

924 

shares

uk1गुल्मी जिल्ला समाज यूकेले एघारौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष राम गलामीको अध्यक्षतामा साउथ ईस्ट लण्डनको चाल्टर्नस्थित चाल्टर्न एथ्लेटिक क्लबको सभाहलमा हालै सम्पन्न भएको साधारणसभामा भावि कार्यदिशा, विधान संशोधन र परिमार्जन लगायतको विषयमा छलफल भएको बताइएको छ ।
उक्त साधारणसभामा विधान समितिका संयोजक तथा उपाध्यक्ष फडिन्द्र भट्टराई र सल्लाहकार केशव भण्डारीले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावमा सहभागीहरुले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
राजन खरेलको स्वागत मन्तव्य तथा महासचिव शिव भण्डारीको सञ्चालन रहेको उक्त साधारणसभा कार्यक्रममा सल्लाहकार बालजंग अर्याल, संस्थापक ओम प्रसाद थापा र पूर्वअध्यक्ष अर्जुन गौतमले सम्बोधन गरेका थिए ।
महासचिव शिव भण्डारीको बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष तारानाथ भण्डारीको आर्थिक प्रतिवेदन रहेको उक्त कार्यक्रममा बेलायत भ्रंमणमा रहेका लोकदोहोरी गायक राजु ढकाललाई समाजका तर्फबाट खादा ओढाएर सम्मान गरिएको थियो ।
साधारणसभामा कार्यसमितिका सदस्यहरु, सल्लाहकारहरु मोति राम भण्डारी, फत्त थापा, रण केसी, रोमनाथ पाण्डे, गोर्कण वस्नेत, मिन दर्लामी, दासुराम पाण्डे, खड्क रेश्मी, चक्र बहादुर राना लगायत झण्डै ६ दर्जनको संख्यामा उपस्थिति रहेको थियो ।

वि.सं.२०७४ जेठ १५ सोमवार ०८:५३ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...