back
CTIZAN AD

मिथिलाञ्चल क्षेत्रमा हलगोरु पूजा गरिँदै

वि.सं.२०८१ माघ २१ सोमवार

549 

shares

जलेश्वर(महोत्तरी) । नेपाल र भारतको सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आज हलगोरु पूजा गरिँदै छ । प्रत्येक वर्ष झैं श्रीपञ्चमीको अवसर पारेर महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चका किसानहरूले आजका दिन आ-आफ्ना हलो र गोरुको पूजा गर्दै हलगोरु पूजा मनाइरहेका छन् ।

पराम्परागत रूपमा मिथिलाञ्चलभरिका किसानहरूले आजको दिनलाई कृषि कार्यको सुरुआत मान्दै आजका दिन हलो र गोरुको पूजा गर्दै आएकाले आज महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका हजारौँ किसान गाउँगाउँमा हलगोरु पूजा गरिरहेको जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव झाले बताए ।

मिथिलाञ्चलका किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूल माला, अक्षता, अबिर, चामल, लड्डुलगायत वस्तुसहित आँगनमा हलो राखेर पूजाआजा गर्छन्भने घरबाहिर गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी लगाएर तिनको पूजा गर्ने भएको जलेश्वर–८ का पण्डित अनिल पाठकले बताए ।

यसैगरी किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजिकैको खेतमा लगेर आज एकछिन जोत्ने चलन रहेको पण्डित पाठकले बताए । आजका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलोपटक खेत जोत्न लगाउने तथा बाच्छोबाट गोरुका रूपमा तयार भइसकेकालाई आजका दिनबाटै गोरु बनाउने चलन रहेको छ ।

किसानहरूले आजका दिन हलोमा धार लगाउने कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पा सहितका कृषि औजारलाई नयाँ धार लगाएर एकछिन प्रयोगमा ल्याउने गर्दछन् । श्रीपञ्चमीको अवसरमा किसानले अरवा चामलमा सक्खर मिलाएर एक किसिमको कृषि प्रसाद तयार पार्दछन् भने हलो र गोरुको पूजा गरेर हलो जोतेर एकापसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर यो पूजा सम्पन्न गर्दछन् ।

मिथिलाञ्चलका किसानले आजका दिनदेखि आफ्नो खेतीपाती सुरु भएको मान्दछन्भने आजैका दिनदेखि आ–आफ्ना बाँझो खेतबारी जोत्ने कामको शुभारम्भ गर्दछन् । हलगोरु पूजाका अवसरमा मिथिलाञ्चलको गाउँगाउँमा सयौँ गोरु एकैसाथ कुदिरहेको तथा किसानको काँधमा हलो लहरै रूपमा राखेर गइरहेको हेर्दा सबैको मन खुसीले गद्गद हुन्छ ।

हलो र गोरु पूजा महोत्तरीको सदरमुकाम जलेश्वरलगायत जिल्लाका १० नगरपालिका, पाँच गाउँपालिका गरी १५ वटै स्थानिय तहका सयौँ गाउँमा धुमधामका साथ मनाइँदैछभने नेपाल र भारतको मिथिलाञ्चल क्षेत्रका प्रत्येक गाउँमा पनि यो पूजा मनाउने चलन रहेको जलेश्वर–१ स्थित जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताए । रासस/फाइल फोटो

 

वि.सं.२०८१ माघ २१ सोमवार १२:३८ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...