back

विपिन जोशीको रिहाइको पहल : परराष्ट्रमन्त्री र इरानका विदेशमन्त्रीबीच फोनवार्ता

वि.सं.२०८१ माघ २५ शुक्रवार

180 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेका छन् ।

हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री डा राणाले गए राति इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गरेकी हुन् ।

त्यस अवसरमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग अब हुने बैठकमा आफूले जोशीको रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ । इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले मुक्त गर्न थालेको छ ।

हमासको नियन्त्रणबाट जोशीलाई मुक्त गर्न सरकारले कूटनीतिक पहल जारी राखेको छ । यसक्रममा मन्त्री डा देउवाले अघिल्लो साता इजिप्टका विदेशमन्त्रीसँग पनि टेलीफोनवार्ता गरी जोशीको मुक्तिका निम्ति सहयोग गर्न आग्रह गरकी थिइन् ।

इजरायल सरकार र हमासबीच युद्धविरामको प्रयास भएदेखि नै मन्त्री डा देउवाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग जोशीको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरहेकी छन् ।

केही साताअघि मन्त्री डा देउवाले इजरायलका विदेशमन्त्रीसँग पनि यसै विषयमा टेलिफोनवार्ता गरेकी थिइन् । त्यसैगरी इजरायलका लागि नेपाली राजदूत प्रा डा धनप्रसाद पण्डितले पनि केही दिनअघि इजरायलका राष्ट्रपतिसँग फोनमा जोशीको मुक्तिका निम्ति आग्रह गरेका थिए ।

जोशीको रिहाइका लागि सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घ, अन्तरराष्ट्रिय एवं क्षेत्रीय मञ्चहरु र बैठकमार्फत जोशीको रिहाइका लागि कूटनीतिक प्रयास गरिरहेकी छन् ।

वि.सं.२०८१ माघ २५ शुक्रवार ११:३७ मा प्रकाशित

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले...

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले इजाजत प्राप्त नगरेका...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

काठमाडौं ।  ग्लोबल आइएमई बैंकका ग्राहकले पाल्पाको लुम्बिनी मेडिकल कलेजमा...

पृथ्वी राजमार्गको अवरोध हट्यो

पृथ्वी राजमार्गको अवरोध हट्यो

डुम्रे (तनहुँ) । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्डको विस्तारको काम तीव्र...

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले...

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

बैतडी । दोगडाकेदार गाउँपालिका–७ मा ५० टन क्षमताको शीतभण्डार (कोल्ड...