back
CTIZAN AD

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

वि.सं.२०८१ माघ २८ सोमवार

723 

shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिएका । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले सूचना प्रविधिको तीव्र विकास र प्रयोगसँगै बदलिएका भ्रष्टाचारका तरिका र प्रवृत्तिलाई निस्तेज बनाउन आयोग सक्षम हुनुपर्ने बताए ।

राष्ट्रपति पौडेलले कसैको दबाब वा प्रभावमा नपरी कसूर र कसुरदार ठूलो वा सानो नभनी काम गर्न आयोग चुक्ने र झुक्ने छैन भन्नेमा आफू विश्वस्त रहेको बताए । भ्रष्टाचारसम्बन्धी विधेयक लामो समयसम्म किनारा नलाग्दा पनि केही समस्या आएको गुनासो आइरहेको उल्लेख गर्दै उनले भने, “भ्रष्टाचार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको नेपाल पनि पक्षधर मुलुक भएकाले त्यसमा उल्लेखित प्रावधानअनुरूप हाम्रा कानुन र संयन्त्र परिमार्जन गर्न आवश्यक छ ।”

राष्ट्रपति पौडेलले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्तरूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्ने उल्लेख गर्दै आयोगले शक्ति र पद हुँदैमा जोकोही कानुनी जवाफदेहीताबाट मुक्त हुँदैन भन्ने विश्वास आमनागरिकमा जागृत गराउन सक्नुपर्ने बताए । उनले नागरिकको जीवनस्तरमा गुणात्मक सुधार गरी जनताको विकास र सुशासनप्रतिको उच्च आकांक्षालाई पूरा गर्दै देशको हित, कल्याण र अन्तर्राष्ट्रिय छविको लागि सदाचार, निष्पक्षता, पारदर्शीता एवम् निर्भिकतालाई मूल मन्त्र बनाएर काम गर्न पनि सुझाव दिए ।

राष्ट्रपति पौडेलले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता भएको बताए । बानी, व्यवहार, आचरण र अभ्यासले म भ्रष्टाचार गर्दिन र हुन पनि दिन्न भन्ने प्रण गर्ने हो भने यसलाई जरैदेखि निर्मूल गर्न सकिने उनको भनाइ थियो ।

उनले लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकास, सुशासन, सामाजिक न्याय र समृद्धिको आम नागरिकको चाहनालाई सुशासन र पारदर्शीताबिना जनताको घरदैलोमा पु¥याउन नसकिने स्पष्ट पारे ।

राष्ट्रपति पौडेलले सरकारी ढुकुटी र बजेट कार्यक्रमको दुरूपयोगसम्बन्धी विचलनलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र हरदम चनाखो रहनुपर्ने बताए । उनले भने, “कानुनी राज्यको स्थापना र सुशासनको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व भएकाले आयोगले भ्रष्टाचारका सम्भाव्य जोखिमका बारेमा सार्वजनिक निकाय र पदाधिकारीलाई बोध गराई यसको नियन्त्रणमा अग्रणी भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राख्ने छैन ।”

राष्ट्रपतिले राज्यका निकाय, निजी क्षेत्र, नागरिक समाज र आमनागरिकले आ–आफ्नो तहबाट प्रवद्र्धनात्मक र निरोधात्मक कार्य गरी भ्रष्टाचारको न्यूनीकरणमा जिम्मेवारी बोधसहित भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि तत्परता र सक्रियता देखाउन जरूरी रहेको धारणा राखे ।

वि.सं.२०८१ माघ २८ सोमवार ११:३१ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...