back
CTIZAN AD

एन्टाको नयाँ कार्य समितिको सभापतिमा विजय सिंह

वि.सं.२०७४ जेठ १६ मंगलवार

888 

shares

anta‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा) को चौथो सम्मेलन गत मे २६ शनिवार अमेरिकाको न्यूजर्सीमा सफलता पूर्वक सम्पन्न गर्दै नयाँ कार्यकारी समितिको समेत गठन गरेको छ ।

आगामी दुई बर्षको लागि नया कार्य समितिको सभापतिमा विजय सिंह , वरिष्ठ उपाध्यक्षमा डा। सुबोध मल्लिक, उपाध्यक्षमा अरविन्द सिंह, उपाध्यक्षमा सुभाष कुमार बैठा, सचिवमा इन्द्रदेव साहु, सह सचिवमा जितेन्द्र ठाकुर, कोषाध्यक्षमा मुकेस कर्ण निर्वाचित भएका छन ।

यसै गरि प्रवक्तामा अपरजिता झा तथा सदस्यहरुमा ओम गोइत , खुस्बु मिश्र, मोहन यादव, रतनेश झा ,अर्चना कायस्थ् लगायतका सदस्य हरु निर्वाचित भएका छन् । सम्मेलनको मुख्य नारा मधेसका लागि शान्ति र समृद्धि भन्ने रहेको थियो भने सम्मेलनमा विभिन्न राज्यहरुमा बसोबास गर्ने मधेसी समुदायको प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।

anta2

सो सम्मेलनमा आपसी सहयोग ,आफ्नो भाषा, संस्कृति, रिती रिवाजको संरक्षण र सम्वर्धन गर्ने जस्ता बिषयमा गहन छलफल भएको थियो । आफु बिदेशमा रहेता पनि आफ्नो देश र मातृभुमीको को लागि सहयोग र विकास गर्ने बिषयमा वक्ताहरुले कार्यपत्र प्रस्तुत गर्दै आफ्ना मन्तव्य राखेका थिए ।

उदघाटन कार्यक्रममा नेपालका लागी पूर्व राजदूत स्कोट डेलेसी ,कोरियन एडभोकेन्सीका मैनेजिंग डायरेक्टर जे। डी। किम, एलाइन्स फर पिस विलडिगं का पूर्व सभापति चाल्र्स दामवाच, प्रमुख अतिथि राघवेन्दर द्विवेदी, एन्टाका संस्थापक सभापति रतन झा, डा। उपेन्द्र कर्ण, डा। नविन सिंह,ललित झा लगायत अन्य अतिथिहरुले मन्तव्य राखेका थिए ।

एन्टाका सभापति डा। चक्रधर मिश्रको सभापतित्वमा भएको थियो भने कार्यक्रम संचालन सचिव अरविन्द सिंहले गरेका थिए । सम्मेलनमा विभिन्न सांस्कृतिक साँझ भेषभूषा रितीरिवाज, भाषा संस्कृति झल्किने झाँकीहरु प्रदर्शन गरिएको थियो । सम्मेलनको आयोजना न्युयोर्क शाखाले गरेको थियो । सम्मेलनमा समाज सेवा लगायत अन्य बिभिन्न क्षेत्रमा काम गरेका ख्याति प्राप्त विभिन्न व्यक्तिहरुलाई पुरस्कृत गरिएको थियो ।

वि.सं.२०७४ जेठ १६ मंगलवार ०३:१३ मा प्रकाशित

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...