back
CTIZAN AD

बजेटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण कार्य प्राथमिकतामा

वि.सं.२०७४ जेठ १६ मंगलवार

930 

shares

१६ जेठ, काठमाडौँ । सरकारले आव २०७४÷७५ मा युवा तथा खेलकुद क्षेत्रको विकासका लागि रु दुई अर्ब २४ करोड बजेट विनियोजन गरेको छ ।

उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार व्यवस्थापिका–संसद्मा आर्थिक वर्ष २०७४÷७५ का लागि गरिएको बजेट भाषणमा काठमाडौँको मूलपानीमा रहेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाउने उल्लेख गरिएको छ ।

देशका विभिन्न आठ स्थानमा निर्माणाधीन क्रिकेट मैदानलाई निरन्तरता दिइने उल्लेख गर्दै अर्थमन्त्री महराले भन्नुभयो – “लोकप्रिय खेल फुटबल र क्रिकेटलाई पहिलो चरणमा व्यावसायिक प्रतिष्ठानबाट प्रायोजन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता हुन प्रेरित गरिनेछ ।”

राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत खेलको पूर्वाधार निर्माण र युवा परिषद्अन्तर्गतका केही कार्यक्रम स्थानीय तहमा पठाइएको छ, उहाँले भन्नुभयो– ‘खेलकुद विकास कार्यक्रमअन्तर्गत स्थानीय तहमा सञ्चालन हुने खेलकुद प्रतियोगिता स्थानीय तहमा नै हस्तान्तरण गरिएको छ ।’

अर्थमन्त्री महराले युवालाई उद्यमशील बनाउन स्थानीय तहमा उत्पादन रोजगारी, आयआर्जनका अवसर सिर्जना गरी सबै निर्वाचन क्षेत्रमा यसलाई नमुनाका रुपमा सञ्चालन गरिने व्यवस्था गरिएको बताउँदै विभिन्न खोज अनुसन्धान तथा अवीस्कार गरेर समाजमा उत्कृष्ट योगदान पु¥याउने युवा प्रतिभालाई सम्मान गरिने कार्यलाई निरन्तरता दिइने जानकारी गराउनुभयो ।

युथ भिजन २०२५ मा युवा विकासका लागि उल्लेख भएका पाँच स्तम्भ गुणस्तरीय र व्यावसायिक शिक्षा, रोजगारी, सीप विकास, युवा स्वास्थ्य र सामाजिक सुरक्षा परिचालन तथा सहभागिता नेतृत्व विकासका साथै खेलकुद र मनोरञ्जन क्षेत्रसँग सम्बन्धित कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ उहाँले भन्नुभयो ।

युवालाई सामाजिक सेवा र आर्थिक क्रियाकलापमा लगाउन स्वयम्सेवक सेवामा परिचालन गर्ने कार्यलाई निरन्तरता दिई सेवा क्षेत्रलाई थप विस्तार गरिने अर्थमन्त्री महराले प्रस्तुत गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

वि.सं.२०७४ जेठ १६ मंगलवार ०१:५८ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...