१६ जेठ, काठमाडौँ । आगामी जेठ २६ र २७ गते हुन लागेको कोरियामा रोजगारीका लागि अनिवार्य रहेको भाषा परीक्षा (इपिएस टपिक) को तयारी मोबाइलबाटै गर्न सकिने गरी निःशुल्क मोबाइल एप तयार भएको छ।
उरी कन्सलटेन्सीले एन क्लाउड र साइबर लिङ्कसँग सहकार्य गरी तयार पारेको यो एपमा इपिएस टपिक परीक्षामा जस्तै सुनाइ र पढाइका प्रश्नहरु र सम्भावित उत्तर राखिएका छन्।
‘इपिएसमा जस्तो किसिमले प्रश्न सोध्ने गरिन्छ, त्यही शैलीमा हामीले एपमा प्रश्नहरुको सेट राखेका छौँ,’ उरी कन्सलटेन्सीका उदेश श्रेष्ठ भन्छन्, ‘एप चलाएर सजिलै टेस्ट दिन सकिन्छ, टेस्ट दिने बित्तिकै यसको रिजल्ट तपाईँले हेर्न सक्नुहुन्छ। यसले तपाईँलाई वास्तविक इपिएस परीक्षाका लागि आत्मविश्वास पनि जगाउँछ।‘
‘हामीले पहिले प्रिमियम एप बनाएका थियौँ जसका शुल्क तिर्नुपर्थ्यो’ एनक्लाउडका दीपेन्द्रनारायण श्रेष्ठ भन्छन्, ‘अहिलेको एप डाउनलोड गर्न चलाउन भने कुनै शुल्क तिर्नुपर्दैन।’
छोटो समयमै लोकप्रिय यो एप हाललाई एण्ड्रोइड फोनहरुमा मात्रै उपलब्ध रहेको र निकट भविष्यमा आइफोन प्रयोगकर्ताहरुलाई लक्षित गरी निर्माण गरिने उनले बताए।
उनका अनुसार लेबर कन्ट्र्याक्ट,रोजगार अनुमति लगायत इपिएससँग सम्बन्धित सबै समाचार पनि यही एपमार्फत् थाहा पाउन सकिने व्यवस्था गरिने छ।
यो एप गुगल प्लेस्टोरमा उरी इपिएस टपिक टेस्ट (Woori EPS TOPIK Test) सर्च गरी डाउनलोड गर्न सकिन्छ।
थप जानकारी आवश्यक भएमा
उदेश श्रेष्ठ, उरी कन्सलटेन्सी, 9803719505
दीपेन्द्रनारायण श्रेष्ठ, एनक्लाउड, 9851007937