back

‘जनयुद्ध’ नेपाली जनताको न्यायपूर्ण क्रान्ति नै हो

सन्दर्भ : जनयुद्ध दिवस

वि.सं.२०८१ फागुन १ बिहीवार

2.1K 

shares
GLOBAL IME AD
NTC AD

संसारमा जे जति क्रान्तिकारी परिवर्तन भएका छन् ती सबै जनताको महान बलिदान, त्याग, तपस्या र बलको प्रयोगबाट नै भएको छ । यो त्यत्ति सजिलो र सरल रेखामा घट्ने घटना होइन । राजनीतिक परिवर्तन भनेको हजारौं न्यायप्रेमी जनताको संंघर्षबाट प्राप्त हुने महान ऐतिहासिक रुपान्तरणकारी उपलब्धी हो । जनता नै इतिहासका निर्माता हुन् । जनताको संगठीत आन्दोलनको सामु कुनै पनि तानाशाह टिक्न सक्दैन । यस कुराबाट नेपाल अछुतो रहन सक्दैन् ।

नेपालको इतिहासमा २००७ सालमा नेपाली कांग्रेसको मुक्ति सेनाद्वारा गरिएको सशस्त्र विद्रोह र स्थानीय सत्ता कब्जा संघर्ष, २००८ सालमा दिल्ली सम्झौताको विरुद्धमा भएको डा. केआई सिंहको सशस्त्र विद्रोह र त्यो विद्रोह दबाउन भारतीय फौज झिकाई गरिएको दमन, २००९ सालमा रक्षादलको सशस्त्र विद्रोह र त्यो विद्रोहले गरेको जेल, सानोठिमी, गठ्ठाघर, स्वयम्भू बारुदखाना, हनुमान ढोकाको मुलुकीखाना, नेपाल बैंक र सिंहदरबार कब्जाको संघर्ष, २०१० सालमा भीमदत्त पन्तको किसान विद्रोह, २०१८–२० सालमा नेपाली कांग्रेसद्वारा भारतीय सिमाना क्षेत्रबाट चलाइएको ‘हिट एण्ड रन’ संघर्ष, २०१८ सालमा जनकपुरमा दुर्गानन्द झा (नेपाली कांग्रेसद्वारा) राजा महेन्द्रमाथि गरिएको असफल बम प्रहार, २०२८ सालको सशस्त्र झापा विद्रोह, २०३० सालमा नेकाद्वारा सशस्त्र बलद्वारा गरिएको विमान अपहरण र भा.रु. ३० लाख जफत, २०३१ सालमा राजा वीरेन्द्रमाथि विराटनगरमा भएको बम प्रहार, २०३१ सालमै नेपाली कांग्रेसद्वारा स्थानीय सत्ता कब्जा गर्ने उद्देश्यले सोलु–ओखलढुंगामा गरिएको सशस्त्र आक्रमण, २०४२ सालमा रामराजा प्रसाद सिंहको जनवादी मोर्चाले काठमाडौंमा गराएको बम विष्फोटन, २०४६ सालमा कीर्तिपुर र पाटनका जनताद्वारा जनआन्दोलनको सिलसिलामा गरेको सशस्त्रविद्रोह र दशवर्ष लामो सशस्त्र जनयुद्ध नेपाली जनताको सामु ताजै छन् ।

नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने जनयुद्धको राजनीतिक रणनीति थियो । तर यो रणनीतिक लक्ष्य हासिल नहुँदै २०५२ साल फागुन १ गते घोषणा गरिएको जनयुद्ध २०६३ मंसिर ५ गतेको विस्तृत शान्ति सम्झौतासँगै अन्त्य भएको थियो ।

शस्त्रबलद्वारा राज्य सत्ता कब्जा गर्नु, युद्धद्वारा समस्या हल गर्नु क्रान्तिको केन्द्रीय काम र सर्वोच्च रुप हो । क्रान्तिको यो माक्र्सवादी–लेनिनवादी सिद्धान्त सर्वत्र लागू हुन्छ । तर सिद्धान्त एउटै हुँदाहुँदै पनि जब सर्वहारा वर्गको पार्टीले त्यसलाई व्यवहारमा लागू गर्दछ, त्यति बेला उसले अलग–अलग परिस्थिति अनुसार अलग तरिका अपनाउँन सक्छ । किनभने हरेक देशको राजनीतिक, सामाजिक, आर्थिक र सास्कृति परिवेस भिन्न हुन सक्छ । नेपाली अर्थ–सामाजिक तथा राजनीतिक ठोस परिस्थितिको ठोस विश्लेषणकै आधारमा जनयुद्धका रणनीति र कार्यनीतिको विकास गरिएको थियो ।

यो विषयमा दुईवटा कुरा छन् – पहिलो कुरा, महान जनयुद्ध सर्वहारा अन्तर्राष्ट्रवादमा आधारित छ । जसरी न्यायप्रेमी जनताका दुश्मन विश्वभरि छन् र मित्रहरु पनि विश्वभरि नै हुन्छन् । सर्वहरावर्गले विश्वलाई नै आफ्नो ठाउँ ठान्छन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई हेर्दा पनि त्यही अभ्यास भएको पाइन्छ । साम्यवाद भनेको सर्वहारा अन्तर्राष्ट्रियतावादमा आधारित छ । कुन देशको भूमि प्रयोग गर्ने, कुन देशको नगर्ने भन्ने कुरा आउँदैन । जहाँजहाँ मित्रहरु छन्, त्यहाँ आवश्यकताअनुसार भूमिको उपयोग गर्छन् ।

नेपाल जस्तो अर्धसामन्ती, अन्याय, अत्याचार, चरम शोषण, दमन, हुने खाने र अभिजात वर्गको हालीमुहाली भएको समाजमा दशवर्षे जनयुद्धका कारण देव्यापी रुपमा जन चेतना फैलिनु, आफ्नो अधिकारको लागि शसस्त्र क्रान्ति सञ्चालन गर्नु र असमान सामाजिक संरचना विरुद्ध आम रुपमाजनआवाज उठाउनु धेरै ठूलो कुरा हो । यसको उपलब्धिको रक्षा गर्नु आजको आवश्यकता हो ।

महान जनयुद्ध जसरी अगाडि बढ्यो, त्यो नेपालको सिंगो इतिहासमा अपूर्व क्रान्तिकारी परिघट्ना हो । यो युद्ध यही जन्मेको हो, यही हुर्केको हो, यही लडेको हो । आज केही पश्चगामी तत्वहरु ज्यान छाडेर महान जनयुद्धको विरोध गरीरहेको सुनिन्छ, देखिन्छ र अनुभब गरिदै आएको छ । यत्ति कुरा जगजाहेर हुँदाहुँदै तथ्यलाई तोडमोड गर्ने, भ्रम फैलाउने, विरोध गर्नु भनेको सरासर दिउँसै रात पार्न खोज्नु सरह हो । क्रान्तिकारी परिवर्तन भन्ने कुरा कष्टदायक नै हुन्छ । क्रान्तिको दौरानमा धेरै जन धनको क्षतिभए कै हुन्छ । यस सिलसिलामा कतिपय निर्दाेष व्यक्ति पनि युद्धको भूमरीमा पर्न सक्छन् तर त्यसलाई नै आधार मानेर जनयुद्ध नै बेठीक थियो, हिंसा थियो र यो केही व्यक्तिको लहडमा छेडिएको घट्ना भन्नु राजनीतिक, सामाजिक र वर्ग संघर्षको सिद्धान्तलाई नै नबुझ्नु हो । क्रान्ति जहिल्यै पनि पीडादायी नै हुन्छ । तर यसको नतिजा महत्वपूर्ण र आर्थिक, सामाजिक रुपान्तरण गर्ने भएकोले समाजमा दूरगामी प्रभाव पार्दछ । त्यही जनयुद्धको जगमा टेकेर आज धेरै राजनीतिक पार्टी, दलका राजनीतिक नेताहरु र आम नेपाली जनताले धेरै परिवर्तनको महसूस गरिरहेकै छन् । जनताले चाहे जति विकास, सुशासन, सम्वृद्धि र रोजगारी तथा जनजीविकाको प्रत्याभूति भने नभएकै हो र यसमा सबै मिलेर धेरै काम गर्नु पर्नेछ । देशमा भ्रष्टाचार, बेथिती, संगठीत अपराधीकरण र केही अभिजात वर्गको हालीमुहाली भएकै छ । यसको शसक्त विरोध गर्दै देशमा सुशासन, आकर्षक रोजगारी, विधीको शासन, चुष्त सेवाप्रवाह र पारदर्शी शासन प्रणालीको स्थापना गर्न प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था, पूर्ण समावेसी निर्वाचन प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको लागि निरन्तर आन्दोलनको आवश्यकता छ ।

अन्त्यमा जनयुद्धकै जगमा भएको जनआन्दोलनबाट गणतन्त्र, धर्मनिपेक्षता, संघीयता, समानुपातिक, समावेशी प्रतिनिधित्व जस्ता महत्वपूर्ण उपलब्धिहरु प्राप्त भएका छन् । यो मामुली परिवर्तन होइन् । नेपाल जस्तो अर्धसामन्ती, अन्याय, अत्याचार, चरम शोषण, दमन, हुने खाने र अभिजात वर्गको हालीमुहाली भएको समाजमा दशवर्षे जनयुद्धका कारण देव्यापी रुपमा जन चेतना फैलिनु, आफ्नो अधिकारको लागि शसस्त्र क्रान्ति सञ्चालन गर्नु र असमान सामाजिक संरचना विरुद्ध आम रुपमाजनआवाज उठाउनु धेरै ठूलो कुरा हो । यसको उपलब्धिको रक्षा गर्नु आजको आवश्यकता हो ।

गणतन्त्र, धर्म निरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्व, संघीयता सबै जनयुद्धकै परिणाम हुन् । नेपाली जनताको त्याग, वीरता र बलिदानको मूल्य धेरै भव्य छ । नेपाली वीर योद्धाहरुले जुन सहादत प्राप्त गरेका छन्, त्यो रगत त्यसै खेर जाने छैन । वीर योद्धाहरुको त्याग, वीरता र बलिदान भावी आन्दोलनका लागि उत्प्रेरणा र उर्जा भइरहने छ । हामीले धेरै अनुभव हासिल गरेका छौं । जनयुद्धको उपलब्धि त्यसै खेर जान दिइने छैन ।

महान जनयुद्धको प्रक्रियामा जीवन वलिदान गर्ने सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ! वेपत्ता योद्धाहरुप्रति विशेष सम्मान जाहेर गर्न चाहन्छु । महान जनयुद्ध जिन्दावाद !

वि.सं.२०८१ फागुन १ बिहीवार ११:११ मा प्रकाशित

शासकीय अक्षमता र अनपेक्षित  मौद्रिक नीतिले अर्थतन्त्र धरापमा

शासकीय अक्षमता र अनपेक्षित  मौद्रिक नीतिले अर्थतन्त्र धरापमा

 शासकीय अक्षमताको कारण निम्न पक्षको प्रभावकारी कार्यान्वयनमा राज्य चुकेको हुँदा...

नेपालको वर्तमान अर्थनीति र अबको बाटो

नेपालको वर्तमान अर्थनीति र अबको बाटो

हामीले क्रान्तिपछि देशमा सुशासन होला, भ्रष्टाचार नहोला, देशले विकासको फड्को...

कहिले होला महिला स्वास्थ्य स्वयंसेविकाको मूल्याङ्कन ?

कहिले होला महिला स्वास्थ्य स्वयंसेविकाको मूल्याङ्कन ?

काठमाडौँ । रुपन्देहीको सबैभन्दा विकट क्षेत्र हो मर्चवार । मर्चवारको...

संसद्को मर्यादा राखेमात्र सांसदको पनि मर्यादा रहनेछ

संसद्को मर्यादा राखेमात्र सांसदको पनि मर्यादा रहनेछ

काठमाडौँ । संसदीय व्यवस्थाको जननी भनेर बेलायतलाई मानिन्छ । बेलायती...

प्रहरी संगठनलाई कमजोर होइन, थप बलियो बनाऔं

प्रहरी संगठनलाई कमजोर होइन, थप बलियो बनाऔं

राधाकृष्ण देउजा, अमेरिका । नेपालमा जन्मिएका हामीमा जहाँसुकै रहे पनि...

कफीको बोक्राबाट  रक्सी उत्पादन 

कफीको बोक्राबाट  रक्सी उत्पादन 

कफीको इतिहास प्राचीन इथियोपियाबाट शुरु भएको मानिन्छ, जहाँ एक गोठालाले...