back
CTIZAN AD

सबै आन्दोलन र सङ्घर्षलाई जोडेर जनक्रान्ति दिवस मनाऔँ : बाबुराम भट्टराई

वि.सं.२०८१ फागुन १ बिहीवार

648 

shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले आफल्गुन १ गतेलाई नेपालमा भएका सम्पूर्ण आन्दोलन तथा सङ्घर्षका प्रतिकका रूपमा जनक्रान्ति दिवसका रूपमा मनाउने प्रस्ताव गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै जुँगाको लडाई छाडेर फागुन १ लाई जनक्रान्ति दिवसका मनाउन प्रस्ताव गरेका हुन् ।

उता माओवादीले फागुन १ लाई जनयुद्ध दिवस मनाइरहेको छ । ‘फागुन १ गते । नेपालको युगान्तकारी जनविद्रोह (जनयुद्ध) सुरु भएको दिन १ सङ्घीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जग खन्न सुरु गरेको दिन । त्यो महायज्ञमा अमूल्य ज्यान अर्पण गर्ने महान् शहीदहरू, वेपत्ताजन, घाइते÷अपाङ्ग योद्धाहरू सबैमा अन्तर्हृदय देखि उच्च सम्मान’, भट्टराईले जनयुद्धको स्मरण गर्दै बिहीबार स्ट्याटस लेखेका छन् ।

‘शब्दको जुँगाको लडाइँ छोडौँ । फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत्येक वर्ष ‘जनक्रान्ति दिवस’ को रूपमा मनाऔँ !’, पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले प्रस्ताव गर्दै भनेका छन् ।

उनले १९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२÷६२ सालको सशस्त्र जनयुद्ध, २०६२÷६३ सालको संयुक्त जनआन्दोलन, मधेस विद्रोह, थारु विद्रोह, आदिवासी जनजाति आन्दोलन लगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई जोड्न पनि सुझाव दिएका छन् ।

वि.सं.२०८१ फागुन १ बिहीवार १२:१० मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...