back
CTIZAN AD

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

वि.सं.२०८१ फागुन २ शुक्रवार

1.6K 

shares
बागलुङ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले विद्यार्थी सङ्ख्याभन्दा पठनपाठनको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् । उनले शिक्षकलाई पनि निजामती कर्मचारीसरह सेवा सुविधाको प्रबन्ध गर्नसके शिक्षामा गुणस्तर वृद्धि हुने बताए ।
बागलुङ नगरपालिका–४ स्थित देउराली प्राथमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै सचिव पौडेलले सङ्घीय शिक्षा ऐन ल्याउनुपर्ने बताए । उनले आफू शिक्षामन्त्री हुँदा सार्वजनिक शिक्षा सुधारका लागि ५५ बुँदे योजना बनाएर काम थालेको स्मरण गरे । सेवा सुविधा र अवसरमा शिक्षकलाई विभेद नगर्ने हो भने शिक्षण पेसाप्रति थप आकर्षण बढ्ने उनले उल्लेख गरे ।
‘बागलुङको शैक्षिक पूर्वाधारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले राहत पुर्याएकाे छ’, सचिव पौडेलले भने । उनले शिक्षकको शिक्षण सिकाइ क्रियाकलापमा राज्यले प्रोत्साहन दिनुपर्ने बताए । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत रु ५० लाखको लागतमा चारकोठे भवन निर्माण गरिएको हो ।

वि.सं.२०८१ फागुन २ शुक्रवार १६:४० मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...