back
CTIZAN AD

चाँगुनारायण नगरपालिका प्रमुखमा एमालेका मिश्र

वि.सं.२०७४ जेठ १६ मंगलवार

936 

shares

१६ जेठ, भक्तपुर । चाँगुनारायण नगरपालिकाकाको नगर प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।

यस नगरपालिकाको नगरप्रमुखमा एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका सोम मिश्रले आठ हजार ५१२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजाराम खड्काले छ हजार ८६९ मत प्राप्त गरी पराजित हुनुभयो ।

त्यसैगरी, उपप्रमुखमा एमालेकै विना बास्तोलाले आठ हजार ७८९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राधा (सरु) बानियाँले छ हजार ४७६ मत प्राप्त गरी पराजित हुनुभयो ।

यस नगरपालिकामा राप्रपाका तर्फबाट नगरप्रमुखका उम्मेदवार रहनुभएका रवीन्द्रप्रताप शाहले पाँच हजार १९८ मत, उपप्रमुखकी उम्मेदवार यवती कार्कीले चार हजार ५४५ मत र नेमकिपाका तर्फबाट नगरप्रमुखको उम्मेदवार रहनुभएका न्हुछे फोजूले चार हजार ४४२ मत र उपप्रमुख रीता काफ्लेले चार हजार २२ मत मात्रै प्राप्त गर्नुभयो ।

त्यसबाहेकका अन्य दलले एक हजार मत पनि नघाउन सकेनन् । कुल ३४ हजार ४४८ मतदाता रहेको यस नगरपालिकामा २८ हजार ९१ मत खसेको थियो ।

यस नगरपालिकामा नेपाली काँग्रेस पहिलो, नेमकिपा दोस्रो र एमाले वा राप्रपामध्ये एक दल तेस्रो हुन्छ भन्ने नेपाली काँग्रेस र नेमकिपाको दाबीलाई चिर्र्दै अन्ततः एमाले पहिलो दल बन्न सफल भएको छ ।

चाँगुनारायण नगरपालिकामा वडा नं १, २, ५ र ७ मा नेपाली काँग्रेसको समूह विजयी भएपनि वडा नं। ३, ४, ६, र ८ मा एमालेको समूह नै विजयी भएको छ । वडा नं ५ र ७ मा एक–एक सदस्यमा एमालेका उम्मेदवार नै विजयी भएका थिए ।

निर्वाचित भएलगत्तै प्रतिक्रिया दिँदै नगरप्रमुखमा निर्वाचित मिश्रले घोषणापत्रअनुसार नै एमालेले काम गर्ने र चाँगुनारायण नगरपालिकाको समग्र विकास गर्दै यस नगरपालिकाको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वडा नं ९ मा नेमकिपाको समूह विजयी

त्यसैगरी, चाँगुनारायण नगरपालिका–९ मा भने नेपाल मजदुर किसान पार्टीको समूह विजयी भएको छ । वडा अध्यक्षमा एक हजार ५१ मत प्राप्त गरी गणेश त्यात विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवास ढुङ्गानाले ९९५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, महिला सदस्यमा नेमकिपाकै कमला गिरी (भारती)ले एक हजार ५२ मत, दलित महिला सदस्य सुमित्रा दर्जीले एक हजार ४४ मत, सदस्य विद्यापति थापाले ९८३ मत र कृष्णराम वासुकलाले एक हजार ३२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

वि.सं.२०७४ जेठ १६ मंगलवार ०६:१० मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...