back
CTIZAN AD

प्याजखेती प्रवर्द्धन गर्न ५० प्रतिशत अनुदान

वि.सं.२०८१ फागुन ४ आइतवार

666 

shares

झापा । प्याजमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुदान दिएर किसानलाई प्याजखेती प्रवर्द्धन सुरु गरेको छ ।

जिल्लाका शिवसताक्षी, अर्जुनधारा र गौरादह नगरपालिका तथा कमल, गौरीगञ्ज र झापा गाउँपालिकाका कृषक समूहले ५० प्रतिशत अनुदानमा प्याजखेती सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख रवीन्द्र सुवेदीले बताए । उनका अनुसार परियोजनामार्फत जिल्लामा साढे छ हेक्टर जमिनमा प्याजखेती सुरु गरिएको छ ।

महिला समूह र कृषक समूहद्वारा १० कट्ठादेखि दुई बिगाहा जमिनमा किसानले खेती गरिरहेको उनले बताए । “प्याजको परनिर्भरतालाई घटाउन पनि अनुदान दिएर किसानलाई खेतीतर्फ प्रोत्साहन दिइएको हो”, उनले भने, “किसानलाई प्याजको उन्नत बीउबिजन, मल र सिँचाइमा अनुदानलगायत प्रोत्साहनको योजना अगाडि सारिएको हो ।”

व्यावसायिकखेती प्रवर्द्धनका लागि परियोजनाले चालु आर्थिक वर्ष २०८१/८२ मा रु आठ लाख ५० हजार बजेट विनियोजन गरेको छ । प्रमुख सुवेदीका अनुसार परियोजनाले प्याजखेतीका निमित्त खुल्ला रुपमा प्रस्ताव आह्वान गरेको थियो । १३ किसानले प्रस्ताव पेस गरे पनि ११ जनाले मात्र खेती गरेको उनले बताए । आयातित प्याजको दिनानुदिन भइरहने मूल्यवृद्धिलाई समेत स्वदेशी उत्पादनले कम गर्ने उनको धारणा छ ।

गौरीगञ्ज–२ मा आदिवासी महिला कृषक समूहको अगुवाइमा दुई बिगाहा जमिनमा प्याज रोपण कार्य भइरहेको छ । समूहकी अध्यक्ष नविना राजवंशीले परियोजनाको रु दुई लाख र समूहको रु दुई लाख गरी रु चार लाखमा प्याजको व्यावसायिकखेती गरिएको बताए ।

उनले यसबाट आएको आम्दानीले समूहमा आबद्ध २१ कृषकहरुको हितमा खर्च गर्ने उद्देश्य लिइएको बताए । “हामीले पहिलोपटक ५० प्रतिशत अनुदान पाएपछि प्याजको व्यावसायिकखेती गरेका हौँ”, उनले भने, “यो हाम्रो परीक्षण पनि हो, राम्रो भयो भने अर्को वर्ष थप जमिन भाडामा लिएर भए पनि खेती गर्छौं ।” रासस/फाइल फोटो

 

वि.सं.२०८१ फागुन ४ आइतवार १४:०१ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...