
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीविरुद्ध राष्ट्रिय सभाले पास गरेको खेद प्रस्तावप्रति आपत्ति जनाएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै पन्तले संविधानले दुई सदनको संसदीय प्रणाली अवलम्बन गरेको स्मरण गरे । यी दुई सदनका बीचमा द्वन्द्व बढाउने काम कसैबाट हुन नहुने उनको आग्रह छ ।
राष्ट्रिय सभाप्रति गरेको टिप्पणीलाई लिएर सोमबार राष्ट्रिय सभाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक समेत रहेका ज्ञानेन्द्र शाहीविरुद्ध खेद प्रस्ताव पारित गरेको थियो ।
यसप्रति एमाले सांसद पन्तले आपत्ति जनाएका हुन् । यस्तो द्वन्द्व बढ्दै गए दुइटा सदनको बीचमै द्वन्द्व उत्पन्न गराउने र त्यसले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउने उनले दोहो¥याए । तथापि, शाहीको अभिव्यक्ति पनि उचित नरहेको पन्तले बताए ।
वि.सं.२०८१ फागुन ५ सोमवार १३:५९ मा प्रकाशित