back
CTIZAN AD

नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव

वि.सं.२०८१ फागुन ७ बुधवार

654 

shares

गोरखा । गोरखामा झण्डै २० वर्षदेखि सञ्चालन हुँदै आएको नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव हुन थालेको छ । गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा सञ्चालन हुँदै आएको गोरखा मनकामना नेपाली हाते कागज उद्योगले आवश्यकता अनुसार कच्चा पर्दाथको नपाउँदा समस्या हुँदै आएको उद्योगका सञ्चालक पासाङ निमा शेर्पाले बताए ।

उद्योगले कच्चा पर्दाथको अभावमा माग अनुसार उत्पादन गर्नसक्ने अवस्था नरहेको उनकोे भनाई छ । ‘‘नेपाली हाते कागज उत्पादनका लागि हिमाली भेगका जंगलबाट लोक्ता खोजेर ल्याउनुपर्छ, शेर्पाले भने, ‘‘जंगलमा बाह्रै महिना लोक्ता पाउन पनि गाह्रो छ,।’’ उद्योगले उत्तरी गोरखाको धार्चे, चुमनुब्री र अजिरकोट गाउँपालिका क्षेत्रका जंगलबाट कच्चा पर्दाथ ल्याएर नेपाली कागज उत्पादन गर्दै आएको छ । ‘‘बर्षभरी तीन महिना फागुन चैत र बैशाख महिनामा जंगलमा अरु बेला भन्दा धेरै कच्चा पर्दाथ पाइन्छ ”, उनले भने, “तर जङ्गलमा गएर झिक्ने, सुकाउने र यहाँसम्म ल्याउने मान्छे नै पाउन गाह्रो छ ।” जङ्गलबाट झिकेर ल्याएको कच्चा पर्दाथ उद्योगसम्म ल्याउन सडक समस्याका कारण थप कठिनाइ हुने गरेको छ ।

शेर्पाको उद्योगमा उत्पादित नेपाली कागज बिक्रीका लागि बजारको भने कुनै समस्या नरहेको शेर्पाले बताए । ‘‘उद्योगले जति उत्पादन गरेपनि बजारमा बिक्रीका लागि भने कुनै समस्या छैन’ उनले भने, ‘‘बरु सधैँ कच्चा पदार्थको अभाव हुने गरेको छ ।’’ मजदुरहरुले जङ्गलबाट झिकेर ल्याएको लोक्ता प्रतिक्विन्टल १५ हजार रुपैयाँमा उद्योगले खरिद गदै आएको छ । ‘‘रोजगारीका हिसावले त कच्चा पर्दाथ संकलन गर्ने मजदुरहरुको पनि आम्दानी राम्रो हुन्छ, उनले भने, ‘‘जंगलमा गएर खोज्नुपर्ने हुनाले अलि दुःख हुने भएकाले जो कोही तयार हुँदैनन् ।’’ उद्योगमा एक ‘क्विन्टल‘ कच्चा पदार्थबाट दुईहजार थान (२०/३० साइज) को कागज उत्पादन हुने शेर्पाले जानकारी दिए । शेर्पाको उद्योगमा उत्पादित ४० ग्राम तौलका कागज भने नेपाल बाहिरसमेत निर्यात हुँदै आएको छ ।

वि.सं.२०८१ फागुन ७ बुधवार ११:२७ मा प्रकाशित

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको...

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...