back
CTIZAN AD

संगिन घडिको नेपाल र वाम एकता

वि.सं.२०७४ जेठ १६ मंगलवार

1.3K 

shares

lokrishna-bhattarai

विश्व मानवको हितमा बाम आन्दोलनले अहँ भूमिका खेलेको छ । प्राचिनकालमा शिव सभ्यता, बुद्ध सभ्यता, कन्फ्युसियस सभ्यता, क्राईस्ट सभ्यता तथा महमडन सभ्यताले समाज विकासका क्रममा यथास्थितिवादमा विरुद्ध विद्रोहको भूमिका खेलेका थिए । त्यसबेलाको युग अनुसार यीनले वामपन्थको नै भूमिका पूरा गरेका थिए । तर, पछि तत् तत् समाजमा यी व्यक्तिका सिद्धान्त लोकप्रिय भएपछि समाजको सम्पत्तिको लोभी तप्काले यी दर्शनको प्रगतिशील चरित्रलाई छोडेर यीनलाई भगवानको रुपमा स्थापित गर्दै यीनको दर्शन विपरीत शोषणकारी समाजले यीनलाई पुजा गर्दै सिर्जना गरेका हुन् । यो कुरा सबैका सामु घाम जत्तिकै छर्लँङ्ग छ ।

समाज विकासको क्रममा वेद, बुद्ध, ग्रन्थ कन्फ्युसिसका शिक्षा, वाइवल र कुरान समाजको विकास र अनुसासन राखिरहन र्सिजना गरिएका ुहन् । तर, यी दर्शनलाई माथि भनिएजस्तै सम्पत्तिका लोभिहरुले आम जनताविरुद्ध प्रयोग गर्दै आएकाले रोममा स्पारटाकस विद्रोह, ग्रिकको सामान्तवाद विरोधि आन्दोलन, बेलायतको औद्योगिक क्रान्ति, यसअघि राजतन्त्र विरुद्धको आन्दोलन र म्याग्नाकाटाको र्सिजना आदि विकास हुँदै फ्रेन्च क्रान्ति तथा माक्र्सवादको उदय हुँदै समाजमा उथुल पुथुल हुँदै आएको हो ।

हाम्रो देश नेपाल मानव सभ्यताको उद्गमस्थल र मानव संस्कृतिको सबैभन्दा पुरानो संस्कृति शिव संस्कृतिको उद्गमस्थल त हुँदै हो, तर यहि देश आज २१ औं शताब्दिमा यहाँका जनविरोधि सामान्ती शाषक वर्गले गर्दा पछि पर्दै आएको छ । प्रजातन्त्रको पछिल्लो संघर्षमा विजय भएर गणतन्त्र नेपालको स्थापना त भयो, तर आर्थिक नीति त्यस अनुसारको विकास र सांस्कृतिक नीति उहि हिजो राजा र यसको तन्त्रले लिएजस्तै जनविरोधि छदैछ । आमुल विकास र रुपान्तरणका लागि ४६ सालको संयुक्त जनआन्दोलन सफल भयो । तर, त्यो आन्दोलनको नेतृत्वदायी शक्ति नेपाली कांग्रेसले राजा महेन्द्र र विरेन्द्रले लिएको केही हदसम्मको आत्मनिर्भर अर्थतन्त्रको विकासलाई परिवर्तन गरेर उत्पादन ठप्प पार्दै युवालाई विदेश पठाएर पुरा परनिर्भर अर्थतन्त्रको आधारसीला स्थापना गर्यो । यसलाई नेपाली कांग्रेसभित्रै गणेशमान सिंहले विरोध गर्नु भयो र तत्कालिन बाम विपक्षी एमालेले पनि विरोध गर्यो ।

एमालेले अल्पमतको सरकार चलाउँदा केही राम्रा काम गरेपनि नेपाली कांग्रेसको विदेश परस्त रेमिट्यान्समा आधारीत अर्थ व्यवस्थालाई परिवर्तन गर्न सकेन र यथास्थितिवाद कायम रह्यो । त्यसको विरोधमा नयाँजनवाद र समृद्द देशभक्तिपूर्ण अर्थतन्त्र स्थापना गर्ने घोषणापत्र जारी गरेर कम्युनिष्ट पार्टीको अर्को समुह सशस्त्र संघर्षमा गयो । तर, शान्तिमा फर्किएपछि पुरानो बाम पार्टी एमालेसँग मिलेर नेपाली कांग्रेसको विदेश परस्त रेमिट्यान्समा आधारीत अर्थनीति लाई बदल्ने प्रयास गर्नुपर्नेमा पुन ः उहि विदेश परस्त आर्थिक नीतिको पछि लागेर समाजमा यथास्थितिवाद कायम राख्न अप्रत्यक्ष रुपमा सहयोग गरिरहेको छ । अर्कातिर एमालेले आफ्नो सहयोगी शक्ति एकिकृत माओवादी लगायत साना बाम पार्टीहरुलाई साथ लिएर देशभक्त बामपन्थी मोर्चा निर्माण गरी विदेश परस्त आर्थिक नीतिलाई आमुल परिवर्तन गरी कृषि र उर्जामा देशभित्रै पुँजी, सेयर र सहकारीको माध्यमद्धारा देशलाई समृद्द तर्फ लानु पर्दछ । तर, ठूलो दलको घमण्ड गरेर एमालेले फेरि जनविरोधि विदेश परस्त शक्तिलाई खेल्न दिएको जस्तो देखिन्छ ।

संविधान जारी भएपछिको यो स्थानीयतहको निर्वाचनमा केन्द्रीयस्तरबाटै एमालेको नेतृत्वमा एकिकृत माओवादी केन्द्रदेखि मसाल र नेमकिपा सम्मका दलहरुको एउटै आर्थिक समृद्दिको घोषणापत्र जारी गरेर जानु पर्दथ्यो त्यो भएन । त्यसो गरेको भए ८० प्रतिशत सिट वामको पोल्टामा पर्ने सम्भावना थियो त्यो भएन । बाँकी चार प्रदेशको अब हुने निर्वाचनमा अनिवार्य वाम पार्टीहरुले तालमेल गरेर रेमिट्यान्समा आधारीत अर्थ व्यवस्था परिवर्तन गर्ने म्यान्डेट लिएर निर्वाचनमा जाने र आगामी प्रदेश र संसदको निर्वाचनमा पनि वाम मोर्चाको हैसियतले नै निर्वाचनमा जाने र दुई तिहाइ बहुमत ल्याएर यो विदेश परस्त विदेशी ऋणमा आधारीत अर्थव्यवस्था र आर्थिक नीति परिवर्तन गरी देशभित्रै चीन र दक्षिण अफ्रिका, केही हदसम्म भारतजस्तो देशभित्रै पुँजी निर्माण र संकलन गरी कृषि, उर्जा र पर्यटनमा सबैभन्दा वढी विनियोजन गरेर चीनले जस्तै देशभित्रै मार्केट र्सिजना गरी उत्पादनको माहोल युद्धस्तरमा निर्माण गर्दै अगाडि बढ्न जरुरी छ । त्यसैले तलमाथि जे सुकै भएपनि बाम एकताका लागि ठूलो पार्टी एमाले र दोश्रो ठूलो दल एकिकृत माओवादीले पहल तुरुन्तै गर्न जरुरी छ । कांग्रेसको यो रेमिट्यान्समा आधारीत अर्थतन्त्र परिवर्तन गर्दैन । यसले देश पनि बन्दैन । कांग्रेसको पछि लागेर अर्को निर्वाचभनमा एकिकृत माओवादी तथा यसको नेतृत्वले अर्को भुल नगरोस् । एमालेले पनि ठूलो दलको दम्भ देखाएर साना बाम पार्टीहरुलाई नहेपेर समेट्ने प्रयास गरोस् । यसको अर्थ कांग्रेसलाई निमिट्यान्न गरौं भन्न खोजिएको होइन् । इतिहासमा उसको पनि भूमिका छ । तर, उसले आफ्नो स्थापनाकालको समाजवादी आर्थिक नीतिलाई छोडेकाले उसलाई सवक सिकाउन पनि कम्युनिष्ट पार्टीहरु एक भएर निर्वाचनमा जाने र जितेपछि समाजवादी अर्थनीति लागु गरेर देशलाई समृद्द बनाउन जरुरी छ ।
त्यसैले बाम एकता फेरि पनि देशको अनिवार्य आवस्यकता हो ।

अन्नपूर्णपोस्ट दैनिकबाट साभार

वि.सं.२०७४ जेठ १६ मंगलवार ०९:२७ मा प्रकाशित

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

१.अवधारणा सामाजिक असमानता भनेको समाजभित्र व्यक्ति वा समूहहरू बिच स्रोत,...

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

काठमाडौँ । ऊर्जा क्षेत्रजस्तो दीर्घकालीन प्रभाव पार्ने क्षेत्रमा समन्वय, निरन्तरता...

विचलित नेपालको कम्युनिष्ट नेतृत्व

विचलित नेपालको कम्युनिष्ट नेतृत्व

नेपालमा कम्युनिष्ट आन्दोलन वर्गसंघर्ष, समानता र जनताको मुक्तिको मार्गचित्रबाट सुरु...