back

झापाका अधिकांश मतदान केन्द्र ‘संवेदनशील’

वि.सं.२०७४ जेठ १६ मंगलवार

198 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

१६ जेठ, काँकडभिट्टा (झापा) । प्रस्तावित अधिकांश मतदान केन्द्रलाई सरकारी सुरक्षा निकायले सुरक्षाको दृष्टिले ‘संवेदनशील’ मानेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील भनी तीन भागमा वर्गीकरण गरिएको छ । झापामा कुल मतदान स्थान २८३ छन् । तिनमा ६५५ मतदान केन्द्र प्रस्तावित गरिएका छन् । तीमध्ये १२७ केन्द्रलाई अति संवेदनशील र ५०१ केन्द्रलाई संवेदनशील भनिएको छ । सत्ताइस मतदान केन्द्रलाई मात्र सामान्य मानिएको छ ।

प्रहरी नायब उपरीक्षक हरि शर्माले सीमा क्षेत्र र विगतमा अवाञ्छित गतिविधि भएका आधारमा झापाका मतदान केन्द्र सुरक्षाका दृष्टिले वर्गीकरण गर्दा बढी संवेदनशील देखिएको बताउनुभयो । “बोर्डर एरिया भएकाले अधिकांश मतदान केन्द्र संवेदनशील देखिए पनि अन्य तराईका जिल्लाको तुलनामा झापा जिल्लाको अवस्था हालसम्म सामान्य छ” शर्मा भन्नुहुन्छ ।

संवेदनशीलताका आधारमा चुनावमा सुरक्षाकर्मीको परिचालन हुने शर्माको भनाइ छ । उहाँले चुनावका लागि भनेर सैनिक मुख्यालयबाट आज बिहान मात्र थप ४०० सुरक्षाकर्मी आइसकेको बताउनुभयो । चुनाव हुन एक साताअघिसम्म थप सुरक्षा बल झापा आइपुग्ने बताइएको छ ।

वि.सं.२०७४ जेठ १६ मंगलवार १०:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको...

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

काठमाडौँ । गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना...

देशभर अझै केही दिन वर्षा जारी रहने

देशभर अझै केही दिन वर्षा जारी रहने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा...