back
CTIZAN AD

मतदाता शिक्षाको कमीले बढी मत बदर

वि.सं.२०७४ जेठ १६ मंगलवार

1K 

shares

१६ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नहुँदा मकवानपुरमा धेरै मत बदर भएको पाइएको छ ।

मतदाता शिक्षाका लागि निर्वाचन आयोगले खटाएका प्रतिनिधिले प्रभावकारी ढङ्गबाट जानकारी नगराउँदा बदर मत बढेको पाइएको हो । मतदाताको घरदैलोमा पुगेर शिक्षा दिनुपर्ने स्वयम्सेविकाले पोष्टर टाँस्ने काम मात्रै गरेको मतदाताको भनाइ छ । यसले गर्दा धेरैले मतदान गर्ने तरिका र बदर हुने अवस्थाबारे जानकारी नभएको हेटौँडा– ४ का बाबुलाल पाठकले बताउनुभयो ।

गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुखको मतपत्र एउटा र वडाको मतपत्र अर्को बनाएको भए बदर मत घट्ने शिक्षक भरत सापकोटाको भनाइ छ । ६२ हजार ८० मत खसेको हेटौँडा उपमहानगरपालिकामा प्रमुखमा सात हजार ५८२ र उपप्रमुखमा ११ हजार ९९५ मत बदर भएको छ ।

वडा तहमा पनि ४० प्रतिशतसम्म मत बदर भएको पाइएको छ । गठबन्धनका कारण पनि अधिकांश मत बदर भएको मतदाताले बताएकाछन् ।

मकवानपुरमा आवश्यक भन्दा बढी चिन्हमा मतदान, गठबन्धनको दुबै लाइनमा मतदान, खाली मत, घेराभन्दा बाहिर मतदान गर्ने जस्ता कारणले बढी मत बदर भएको सहायक निर्वाचन अधिकृत अनन्त मरासिनी बताउनुहुन्छ । विगतमा भन्दा ल्याप्चे मत भने कम भएको छ ।

पहिलो चरणमा भएको निर्वाचनको मत बदरबाट पाठ सिकेर निर्वाचन आयोगले आगामी निर्वाचनमा प्रमुख, उपप्रमुखका लागि एउटा मतपत्र र वडासदस्यका लागि अर्को मतपत्र बनाए केही हदसम्म बदर मत घट्ने देखिन्छ ।

यसका साथै मतदाता शिक्षालाई पनि प्रभावकारी ढङ्गबाट सञ्चालन गर्नुपर्ने देखिन्छ । निर्वाचन आयोगका साथै राजनीतिक दलले पनि मतदाता शिक्षामा सक्रियता देखाएर बदर मत घटाउने तर्फ ध्यान दिनु जरुरी भएको सम्बद्ध व्यक्तिको भनाइ छ ।

वि.सं.२०७४ जेठ १६ मंगलवार १०:२६ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...