back

मतदाता शिक्षाको कमीले बढी मत बदर

वि.सं.२०७४ जेठ १६ मंगलवार

597 

shares
IME Limited
NTC AD

१६ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नहुँदा मकवानपुरमा धेरै मत बदर भएको पाइएको छ ।

मतदाता शिक्षाका लागि निर्वाचन आयोगले खटाएका प्रतिनिधिले प्रभावकारी ढङ्गबाट जानकारी नगराउँदा बदर मत बढेको पाइएको हो । मतदाताको घरदैलोमा पुगेर शिक्षा दिनुपर्ने स्वयम्सेविकाले पोष्टर टाँस्ने काम मात्रै गरेको मतदाताको भनाइ छ । यसले गर्दा धेरैले मतदान गर्ने तरिका र बदर हुने अवस्थाबारे जानकारी नभएको हेटौँडा– ४ का बाबुलाल पाठकले बताउनुभयो ।

गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुखको मतपत्र एउटा र वडाको मतपत्र अर्को बनाएको भए बदर मत घट्ने शिक्षक भरत सापकोटाको भनाइ छ । ६२ हजार ८० मत खसेको हेटौँडा उपमहानगरपालिकामा प्रमुखमा सात हजार ५८२ र उपप्रमुखमा ११ हजार ९९५ मत बदर भएको छ ।

वडा तहमा पनि ४० प्रतिशतसम्म मत बदर भएको पाइएको छ । गठबन्धनका कारण पनि अधिकांश मत बदर भएको मतदाताले बताएकाछन् ।

मकवानपुरमा आवश्यक भन्दा बढी चिन्हमा मतदान, गठबन्धनको दुबै लाइनमा मतदान, खाली मत, घेराभन्दा बाहिर मतदान गर्ने जस्ता कारणले बढी मत बदर भएको सहायक निर्वाचन अधिकृत अनन्त मरासिनी बताउनुहुन्छ । विगतमा भन्दा ल्याप्चे मत भने कम भएको छ ।

पहिलो चरणमा भएको निर्वाचनको मत बदरबाट पाठ सिकेर निर्वाचन आयोगले आगामी निर्वाचनमा प्रमुख, उपप्रमुखका लागि एउटा मतपत्र र वडासदस्यका लागि अर्को मतपत्र बनाए केही हदसम्म बदर मत घट्ने देखिन्छ ।

यसका साथै मतदाता शिक्षालाई पनि प्रभावकारी ढङ्गबाट सञ्चालन गर्नुपर्ने देखिन्छ । निर्वाचन आयोगका साथै राजनीतिक दलले पनि मतदाता शिक्षामा सक्रियता देखाएर बदर मत घटाउने तर्फ ध्यान दिनु जरुरी भएको सम्बद्ध व्यक्तिको भनाइ छ ।

वि.सं.२०७४ जेठ १६ मंगलवार १०:२६ मा प्रकाशित

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला...

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी...

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

काठमाडौँ । तुलनात्मक रुपमा हिमाली क्षेत्रमा बढी महङ्गी देखिएको छ...

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको...

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा चालु...

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...