back
CTIZAN AD

जर्मनीमा कन्जर्भेटिभ पार्टीको जित, नयाँ सरकारमा गठबन्धनका लागि बहस सुरु

वि.सं.२०८१ फागुन १२ सोमवार

810 

shares

बर्लिन । जर्मनीमा आइतवार भएको मतदानबाट फ्रिडरिक मर्ज नेतृत्वको कन्जर्भेटिभ पार्टीले आमनिर्वाचनमा प्रतिस्पर्धी दलहरूलाई धेरै अन्तरले पछि पार्दै जित हासिल गरेको छ । कन्जर्भेटिभ पार्टीले २८.५२ प्रतिशत मत ल्याई कूल ६३० सिटमध्ये २०८ सीट जितेको छ । क्रिश्चयन डेमोक्र्याट्स (सीडीयू) सबैभन्दा ठूलो दल बने पनि उक्त दलले अपेक्षा गरिएको अर्थात् ३० प्रतिशतभन्दा कम मत पाएको हो ।

जर्मनीको यो पटकको निर्वाचनमा ८३ प्रतिशत मतदान भएको छ । सन् १९९० मा पुनः एकीकरण भएयताको यो सबैभन्दा धेरै मतदान हो ।
जर्मनीमा मतदानका लागि पाँच करोड ९२ लाख मानिसहरू योग्य थिए । तीमध्ये दशौँ लाखले चुनावको दिन अघि नै हुलाकमार्फत् आफ्नो मत व्यक्त गरिसकेका थिए ।

दोस्रो दल एएफडीलाई २० प्रतिशत मत

चरम दक्षिणपन्थी दल ‘अल्टर्नटिभ फर जर्मनी’ (एएफडी) दोस्रो ठूलो दल बनेको छ। यो दलले २० प्रतिशत मत पाएको छ ।

“आज रातभरि हामी उत्सव मनाऔँ, भोलि बिहानैबाट काम गर्नु छ,” मेट्र्सले खुसी मनाइरहेका आफ्ना समर्थकहरूलाई बर्लिनमा सम्बोधन गर्दै भने । उनले आफ्नो अगाडि देखिएका जिम्मेवारीबारे आफू जानकार रहेको बताए ।

प्रतिस्पर्धी एएफडीबाट चान्सलरको उम्मेदवार बनेकी एलिस वाइडलले समर्थकहरूको बलमा आफ्नो दललाई दोस्रो बनाउन सफल भए पनि उक्त दलले अझै ठूलो जित अपेक्षा गरेको थियो । मत परिणामपछि उक्त दलको मुख्यालय शान्त देखिएको छ ।

सोमवार लागेलगत्तै आएको मत परिणामअनुसार एएफडीले अन्य भागभन्दा देशको पूर्वी भागमा अरू दलभन्दा धेरै मत पाएको छ। सार्वजनिक प्रसारक संस्था जेडडीएफको सर्वेक्षणअनुसार यो दलले पूर्वी क्षेत्रमा ३४ प्रतिशतभन्दा बढी मत पाएको देखिएको छ ।

यसैबीच, निर्वाचन परिणामपछि मतदाता तथा शुभचिन्तकहरूलाई सान्त्वना दिँदै एएफडीका चान्सलरका उम्मेदवार बाइडलले भने, “मर्जको पार्टीले गठबन्धन सरकार बनाए पनि त्यो सफल हुनेछैन ।”

उनले भने, “जर्मनहरूले परिवर्तनका पक्षमा मतदान गरेका छन्। मलाई अर्को चार वर्ष पर्खनुपर्छ जस्तो लाग्दैन। हामी ताजा चुनावमा जान्छौँ ।”

पूर्वी क्षेत्रबाहेकका सबै स्थानमा अन्य दलभन्दा धेरै मत पाएको सीडीयूले आफ्नो दलबाट चान्सलर बनाउन अर्को एउटा पार्टीसँग गठबन्धन गर्नुपर्ने हुन्छ । हालका चान्सलर ओलाफ स्कोल्जको दल उक्त गठबन्धनमा सहभागी हुन सक्ने आँकलन गरिएको छ ।

स्कोल्जले तीन वटा दलको गठबन्धन गरेर बनाएको सरकार गत वर्ष ढलेको थियो ।

गठबन्धन बहस सुुरु

मर्जले यो निर्वाचनबाट कम्तीमा दुई वटा दलबीचको गठबन्धनबाट सरकार बन्न सक्ने गरी स्पष्ट जनादेश दिन मतदाताहरूलाई आह्वान गरेका थिए । त्यसले आफूलाई देशले सामना गरिरहेका समस्या समाधान गर्न सक्षम बनाउने उनको चुनावी वाचा थियो ।

मर्जको पार्टीले एएफडीसँग गठबन्धन नगर्ने बताउँदै आएको छ । मर्जले गठबन्धन गर्ने सम्भावना देखिएको सोशल डेमोक्र्याटले सबैभन्दा खराब नतिजा बेहोरेको छ । उक्त दलले १६.४ प्रतिशत मात्रै मत पाएको छ ।

सरकारबाट बाहिरिन लागेका चान्सलर ओलाफ स्कोल्जले निर्वाचन परिणामले पार्टीको नराम्रो हार देखाएको बताउँदै गठबन्धन सरकार बनाउने वार्तामा आफू सहभागी नहुने बताएका छन् ।

यसअघि सीडीयूको कमजोर प्रदर्शनका कारण दुई वटा दलको मात्रै गठबन्धन सरकार बन्नेमा आशङ्का गरिएको थियो ।

जर्मनीमा चार वर्षसम्म तीन वटा पार्टीको गठबन्धनले सरकार चलाएको थियो । मर्जको दलका लागि अर्को भरपर्दो साझेदार ग्रीन्स हो तर उक्त दलका प्रमुखलाई मर्जले मतदानअघि नै ‘हिट पम्प’का प्रतिनिधि भनेर खिल्ली उडाएका थिए ।

युक्रेनलाई सहयोग बढाउने प्रतिवद्धता
सन् २०२४ को नोभेम्बरमा ६९ वर्ष पुगेका मर्ज यसअघि कहिल्यै मन्त्री भएका थिएनन् । उनले युरोपमा बलियो नेतृत्व दिने वाचा गरेका थिए आफ्नो सैन्य बजेट कटौती गर्नुपर्ने आन्तरिक दबावबीच उनले युक्रेनलाई सहयोग बढाउने वाचा पनि गरेका छन् ।

जर्मनी युक्रेनमा दोस्रो धेरै सैन्य सहयोग गर्ने देश हो । यो देशको अबको नेतृत्वले रुसविरुद्धको लडाइँमा पश्चिमा शक्तिहरूको विभाजनसँगै युक्रेनी राष्ट्रपतिलाई निरङ्कुश भएको आरोप लगाएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सामना गर्नुपर्ने छ ।

यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्स र अर्बपति इलोन मस्कले एफडीको नेतृत्वलाई खुलेर समर्थन गरेपछि त्यसले कैयौँ जर्मनहरूलाई चकित तुल्याएको थियो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मर्जको जितलाई स्वागत गर्दै उनलाई बधाइ दिएका छन् ।

युरोपेली देशहरूले पनि मर्जको जितलाई स्वागत गरेका छन् । बेलायतेका प्रधानमन्त्री किअर स्टार्मरले दुवै देशको सुरक्षा बनाउन मेर्जसँग सहकार्य हुने विश्वास व्यक्त गरेका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रौँले विश्व र आफ्नो महादेशले सामना गरिरहेको चुनौतीविरुद्ध एक हुन आह्वान गरेका छन् ।एएफपी

 

वि.सं.२०८१ फागुन १२ सोमवार १४:५६ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...